कांग्रेस–एमाले भ्रष्ट र पश्चगामी हुन् : धर्मेन्द्र बास्तोला
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएका नेकपा(बहुमत) समूहका नेता धर्मेन्द्र बास्तोलाले मोहन वैद्य क्रान्तिको नाममा समय व्यतीत गर्ने मात्र काम गरेकाले पार्टीबाट अलग भएको बताएका छन् । पार्टी पुनर्गठन, पछिल्लो राजनीति लगायत विषयमा बुधवार काठमाडौँमा धारणा राख्दै उनले वैद्यबाट क्रान्ति हुन नसक्ने निष्कर्ष निकालेका हुन् ।
‘क्रान्तिकारी नेकपाका नेतृत्व अत्यन्तै जड प्रकारको देखियो । सामाजिक रूपान्तरणमा रुखोपन देखियो । प्रगतिबाट वञ्चित भएर बस्नु भनेको क्रान्तिको नाममा समय व्यतीत गर्ने मात्रै हो भन्ने निष्कर्षमा पुग्यौँ । एकता असफल भएको घोषणा गर्यौँ’, उनले आरोप लगाए ।
यस्तै सत्तारुढ दल कांग्रेस, एमाले पश्चगामी र भ्रष्ट पार्टी भएकाले विदेशीको इसारामा जनताको अधिकार स्थापित भएको हेर्न नचाहेको आरोप लगाए ।
‘सरकारमा रहेका कांग्रेस, एमाले भ्रष्ट र पश्चगामी पार्टी हुन् । विदेशी प्रतिक्रियावादीको इसारामा उनीहरू जनताको अधिकार, गणतन्त्र स्थापित भएको हेर्न चाहँदैनन् । वैज्ञानिक समाजवादी समाज स्थापित भएको हेर्न चाहँदैनन्’, उनले भने, ‘प्रतिगामी शक्ति सत्तामा छन् । गणतन्त्र र जनताको हक अधिकारका लागि लडेका शक्तिहरू सत्ता बाहिर छन् ।
अहिलेको संविधान संशोधन गरी कांग्रेस र एमाले पश्चगामीतर्फ जान लागेको कुरा प्रस्ट भएको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ५ गल्ती बन्न सक्छ ब्रेकअपको कारण
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान