पेरिस ओलम्पिक : फाइनलमा पुगेपछि भारतीय खेलाडी अयोग्य घोषित !

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको महिला कश्तीमा भारतले स्वर्ण पदक जित्ने बलियो सम्भावना थियो । भारतकी चर्चित महिला कुश्ती खेलाडी विनेश फोगाट आफ्नो स्पर्धाको फाइनलमा पुगेकी थिइन् ।
तर, फाइनल खेल हुनुअघि नै नाटकीय रुपमा भारत उक्त स्पर्धामा पदक जित्नबाट बञ्चित भएको छ । फाइनल खेलअघि नै भारतीय खेलाडी विनेश फोगाट अयोग्य घोषित भएकी छन् । अब २९ वर्षीया विनेशले फाइनलमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।
विनेश मंगलबार महिला फ्रिस्टायल ५० केजी तौलसमूहको फाइनलमा पुगेकी थिइन् । उनले सेमिफाइनल खेलमा क्युबाकी प्रतिद्वन्द्वी युस्निलिज गुजम्यानलाई ५–० ले पराजित गरेकी थिइन् । फाइनलमा उनले अमेरिकाकी सराह हिल्डब्रान्टसँग भिडन्त गर्नुपर्ने थियो ।
तर, फाइनलअघि तौल जोख्दा उनको वजन उक्त स्पर्धाका लागि निर्धारित गरिएभन्दा निकै बढी पाइएको थियो । भारतीय टोलीका प्रशिक्षकका अनुसार, बुधबार विहान उनको तौल जोख्दा निर्धारित गरिएभन्दा एक सय ग्राम बढी पाइएको थियो ।
सोही कारणले उनी फाइनल खेल्न अयोग्य घोषित भएकी हुन् । उनी अयोग्य घोषित भएपछि उक्त स्पर्धाको स्वर्ण पदक स्वतः अमेरिकी खेलाडी सराहको पोल्टामा परेको छ । विनेश ओलम्पिकमा महिला कुश्तीको फाइनलमा पुग्न पहिलो भारतीय खेलाडी बनेकी थिइन् ।
भारतीय ओलम्पिक कमिटीले पनि यो समाचारको पुष्टि गरेको छ । ‘पेरिस ओलम्पिकमा हामीले स्वर्ण पदकको आशा गरेको खेलाडी विनेश फोगाट फाइनल खेल्न अयोग्य घोषित भएकी छन् । हामी सबैका लागि यो दुःखको समाचार हो,’ भारतीय ओलम्पिक कमिटीले भनेको छ ।
भारतीय ओलम्पिक कमिटीले मंगलबार राति भारतीय टोलीका सदस्यहरुले उनको तौल घटाउन सक्दो प्रयास गरे पनि सम्भव नभएको पनि बताएको छ । ‘भारतीय टोलीका सम्बन्धित अधिकारीहरुले तौल घटाउन निकै प्रयास गरे पनि उनको तौल ५० केजीभन्दा बढी देखियो,’ भारतीय ओलम्पिक कमिटीले भनेको छ ।
भारतीय ओलम्पिक कमिटीले विनेशको ब्यक्तिगत जीवनलाई सम्मान गर्न पनि सबैसँग अनुरोध गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस विषयमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले विनेशको खेलको प्रसंशा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी