कांग्रेस केन्द्रीय समिति बैठक : पार्टी कार्यालयमा नेताहरुको चहलपहल (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारदेखि सुरु हुँदैछ । पार्टी कार्यालयमा सुरु हुने बैठकका लागि नेताहरु पुग्ने क्रम सुरु भएको छ ।
सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री प्रकाशमान सिंह, महामन्त्री गगन थापासहितका नेताहरु सानेपा पुगेका छन् । गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू बैठकका मुख्य एजेण्डा केन्द्रीय समिति बैठकका रहेका छन् ।
महासमिति बैठकले पारित गरेका दस्ताबेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ ।
पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह