अपमानित भएर देश छाडिन्छ भन्ने विश्वासै गरेकी थिइनन् हसिनाले

ढाका । बंगलादेशमा उग्र विरोध प्रदर्शनका बिचमा प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारत पुगेकी शेख हसिनाले अब कहाँ जाने भनेर नसोचेको बताइएको छ । जर्मन भाषाको पत्रिका दोयचे वेलेसँगको अन्तरवार्तामा हसिनाको छोरा सजीव वाजिद जोयले यस्तो बताएको भन्दै बंगलादेशको अंग्रेजी भाषाको पत्रिका ‘द डेली स्टार’ ले समाचार छापेको छ ।
आफू र आफ्ना परिवारले जसका लागि यति धेरै काम गर्यो उनीहरूले नै आफूमाथि आक्रमण गरेको र यसरी अपमानित भएर देश छाड्नु परेकोमा आमाले विश्वासै गर्न नसकेको पनि जोयले बताएका छन् । हसिनाले अमेरिका र बेलायतमा शरण लिन खोजिन् तर ती देशले हसिनालाई शरण दिन नमानेको चर्चा पनि सुनिएको छ ।
यसैबारेमा सोधिएको प्रश्नमा उनले यी सबै अफवाह मात्रै भएको र हसिनाले अहिलेसम्म कहाँ जाने भन्नेबारे कुनै निर्णय नगरेको जोयले बताएका छन् । अरू केही समय हसिना दिल्लीमै बस्ने पनि उनले बताए । दिल्लीमा आमा एक्लै नभएको, उनको साथमा आफ्नो बहिनी छिन् भनेर पनि जोयले भनेका छन् । यो भिडियो अन्तरवार्ता दोयचे वेलेको फेसबुक पेजमा मध्यराति अपलोड भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेना र ठेकेदारको विवादले एसटीसी होलसेल मार्केटका व्यापारी मारमा
-
धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’
-
जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
वनगाउँका एकसय घर तरकारी खेतीमा
-
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी समस्यामा, कस्ता छन् चुनौती ?