सांसदलाई लगानीकर्ताको चेतावनी– पुँजी बजार विरुद्धको अभिव्यक्तिहरु तत्काल फिर्ता लिनुस्
काठमाडौँ । पुँजी बजारको सन्दर्भमा केही सांसदहरुले सदनमा नै प्रश्न उठाएपछि लगानीकर्ताहरु आक्रोशित भएका छन् । पुँजी बजार लगानीकर्ता सम्बद्ध चारवटा संघले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै पुँजी बजारका विरुद्धमा बोल्ने सांसद पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभाका सांसद डा.प्रकाशशरण महत, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललाई तत्काल भनाइ फिर्ता लिन र आइन्दा जथाभावि नबोल्न संघले चेतावनी दिएको हो ।
जिम्मेवार सांसदहरुले पुँजी बजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक रहेको बताउँदै संघहरुले आपत्ति जनाएका छन् ।
‘दुई ठूला राजनीतिक दल र अन्य दलहरु समेत मिलेर सरकार गठन पश्चात आम लगानीकर्ताहरूमा एउटा आशा पलाएको थियो त्यो हो नीतिगत स्थिरता। आर्थिक क्षेत्र चलायमान बनाउनको लागि नेपाल सरकार र राष्ट्र बैंकले सकारात्मक कदम चालेसँगै पुँजीबजार आफ्नो लयमा चलिरहेको थियो। ३२०० को बिन्दुबाट १८००को बिन्दुसम्म आइपुग्दा लगानीकर्ताले २५ खर्बभन्दा बढी रुपैयाँ गुमाइसकेको अवस्थामा कुनै पनि नियमक निकायबाट वा सांसदहरुबाट पुँजीबजार विषयमा कुनै पनि आवाज उठेन, लगानीकर्ता तड्पिरहे। अहिले बजार केही करेक्सनको अवस्थामा चलिरहेको छ। यसैबिच कसैका प्रभावमा माननीय सांसद श्री प्रकाशशरण महत, श्री अमरेशकुमार सिंह, श्री राजन दाहाल लगायत अन्य सांसदहरुबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक छ’ संघहरुले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसमा हामी तपसिल बमोजिमका पूँजी बजारमा संलग्न संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको छ।’
‘पुँजी बजार लगानीकर्ताहरुको माग र आपूर्तिको कारणले चल्ने बजार हो । देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पूँजी बजार पनि बिस्तारै बढ्दै जान्छ र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लगानी गर्न पाउँछन्। कम्पनी कति सुरक्षित छ छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने कुरा हो। जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा जुन खालका अभिव्यक्तिहरु दिनुभएको छ उक्त अभिव्यक्तिहरु तत्काल फिर्ता गर्न र अब आइन्दा यस्ता खालका अभिव्यक्तिहरु नियमक निकाय, सांसद जोसुकैले दिए पनि सैह्य नहुने कुरा चेतावनी दिन चाहन्छौं’ संघहरुले भनेका छन् ।
यदि बजारमा चलखेल भएको भए यसलाई नियमन गर्ने संस्थाले स्वतन्त्र रुपमा सुक्ष्म अध्यायन गरी छानबिन गरोस्, हामी साथ दिन समेत तयार रहेको उनीहरुले विज्ञप्तिमार्फत बताएका छन् ।
‘पुँजी बजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभावी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गरियोस्। नियमक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरु माथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउन समेत माग गर्दछौं। साथै यस्ता अभिव्यक्ति दिने सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको विरुद्धमा एकजुट हुन र आवश्यक परे सशक्त प्रतिकार गर्नको लागि आम लगानीकर्ताहरुलाई समेत आह्वान गर्दछौं।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने
-
नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिन्छ : सभापति देउवा