हमासले चुन्यो नयाँ नेता
बुधबार, २३ साउन २०८१, ०९ : १७

दोहा । हमासले आफ्नो नयाँ नेता चयन गरेको छ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको हो । सिनवार २०१७ देखि गाजापट्टीमा समूह नेताको रूपमा काम गर्दै आएका थिए ।
यसअघिका नेता इस्माइल हानियाको इरानको तेहरानमा हत्या भएको थियो । हानियाको हत्यामा इजरायलको हात रहेको बताइएको छ । इस्माइल हानियाको मृत्युबारे इजरायलबाट भने कुनै प्रतिक्रिया आएको छैन।
हमासका एक अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार हमास नेतृत्वले सर्वसम्मतिले सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको हो। मध्यपूर्वमा बढ्दो तनावका बिच यो घोषणा भएको छ । इरान र उसका सहयोगीहरूले हनियाको मृत्युको बदला लिने बताएका छन्।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय