आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

लालबकैया नदीमा डुबेका युवकको शव ४ किलोमिटर टाढा फेला

बुधबार, २३ साउन २०८१, ०९ : ००
बुधबार, २३ साउन २०८१

रौतहट । रौतहट स्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव ४ किलोमिटर टाढा फेला परेको छ ।  परोहा नगरपालिका ४ का  १६ वर्षीय सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमिटर टाढा सशस्त्र प्रहरीले मंगलवार साँझ फेला पारेको हो । 

गत आइतबार अपराह्न ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए। घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट बिपद् उद्धारका सामग्रीसहित गएका १० जनाको टोलीले लगातारको प्रयासपछि मंगलवार शव फेला पारेको  सशस्त्रका एसपी विक्रम हुमागाईँले बताए । 

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप