बागलुङ पहिरो : उद्धारका लागि बल्ल गयो हेलिकोप्टर
बुधबार, २३ साउन २०८१, ०८ : ५२
पोखरा । बागलुङको बडिगाडमा पहिरोमा परेर घाइते भएकाको उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ गएको छ । नेपाली सेनाको हेलिकोप्टर मंगलबार नै गएपनि मौसम प्रतिकुलताका कारण ल्याण्ड हुन नसकेर बागलुङ फर्किएको थियो ।
बुधबार बिहानै हेलिकोप्टर पुनः घटनास्थलतर्फ उडेको बागलुङ प्रहरीले जनाएको छ । केहीबेर अघि उडेको हेलिकोप्टर बडिगाडको थम्कामा ल्याण्ड भएको प्रहरीले जनाएको छ ।
बडिगाडको ९ र १० नम्बर वडाका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । १० जना घाइते भएकामा केहीलाई उद्धार गरेर उपचारका लागि बुर्तिबाङ पठाइएको छ ।
अन्यको उद्धार हुन बाँकी रहेको छ । हेलिकोप्टरमा २ जना डाक्टर र प्रहरी समेत गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सफलतापूर्वक सम्पन्न
-
रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने
-
मध्यरातदेखि मौन अवधि सुरु हुँदै : के-के गर्न पाइँदैन ?
-
रुसले गर्यो युक्रेनको ऊर्जा सञ्जालमा प्रहार, १० लाखभन्दा बढी युक्रेनी जनता अन्धकारमा
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद