बङ्गलादेश घटना
बङ्गलादेशमा बन्यो नयाँ सरकार
बुधबार, २३ साउन २०८१, ०७ : ४८

ढाका । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ ।
शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति गरेर नियुक्त गरिएको समाचारमा उल्लेख छ ।
राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने बताए ।
यसअघि युनुसको कार्यालयले आन्दोलनरत विद्यार्थीले अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा सदस्य पद रिक्त भएको जानकारी
-
पाणिनि तपोभूमि सम्मेलनद्वारा सातबुँदे घोषणापत्र जारी
-
गोरखादेखि जीतगढीसम्म पदयात्रा सुरु
-
‘अहिले संघीयताका नाममा, समानुपातिका नाममा जे भयो, म त्यसको विरुद्धमा छु’
-
यी हुन् शिक्षकहरूले वार्ताका लागि खोजेका आधारहरू
-
ऐतिहासिक किल्ला जोगाउन नेपाली सेनाले थाल्यो ११ दिने लामो पदयात्रा