आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
सङ्घर्ष

ओलम्पिक खेल्ने सपना साकार पार्न राष्ट्रियता परिवर्तन गर्ने धाविकाको रोचक कथा

बुधबार, २३ साउन २०८१, ०७ : १५
बुधबार, २३ साउन २०८१

काठमाडौँ । जापानका राजधानी टोकियोमा सम्पन्न ओलम्पिक खेलकुदमा बेलारुसकी धाविका क्रिस्टिना सिमानुस्काया निकै चर्चित बनेकी थिइन् । उनी ओलम्पिकमा पदक जितेर वा कीर्तिमान बनाएरभन्दा पनि अन्य कारणले नै चर्चाको शिखरमा थिइन् ।

त्यो ओलम्पिकमा उनका तस्बिरहरु पनि निकै भाइरल भएका थिए । उनी जताततै सुरक्षाकर्मीको घेरामा मात्र देखिन्थिन । बेलारुसका अधिकारीहरू उनलाई कुनै पनि हालतमा टोकियो ओलम्पिकमा सहभागिता जनाउन दिने पक्षमा थिएनन् ।

उनीहरु क्रिस्टिनालाई जसरी भए पनि जापानबाट स्वदेश लैजान चाहन्थे । यसको विपरीत क्रिस्टिना भने कुनै पनि हालतमा ओलम्पिक खेल्न चाहन्थिन् । त्यसैले जापान ओलम्पिकमा उनले आफ्ना लागि छुट्टै सुरक्षा व्यवस्थाको माग गरेकी थिइन् ।

खासमा क्रिस्टिनाको जन्म बेलारुसमा भएको हो । उनी एक सय र दुई सय मिटर दौडमा बेलारुसबाट टोकियो ओलम्पिकका लागि छनोट भएकी थिइन् । ओलम्पिक सुरु भइसकेपछि उनले बेलारुसका खेल अधिकारीहरूमाथि ओलम्पिकमा आफ्नो स्पर्धा परिवर्तन गरिदिएको गम्भीर आरोप लगाएकी थिइन् ।

यो घटनामा उनले बेलारुसको ओलम्पिक कमिटीलाई पनि मुछेकी थिइन् । एक सय र दुई सय मिटर दौडबाट आफ्नो नाम हटाएर चार गुना चार सय मिटर रिले स्पर्धामा सारिदिएको आरोप उनले लगाएकी थिइन् ।

उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)लाई पनि गुहारेकी थिइन् । उनले आरोप लगाएपछि बेलारुसका खेल पदाधिकारीहरू पनि निकै रुष्ट बनेका थिए । त्यसैले बेलारुसका खेल अधिकारीहरू उनलाई ओलम्पिकमा भाग लिन दिन चाहन्थेनन् ।

बेलारुसका खेल अधिकारीहरूले उनलाई स्वदेश फर्काउन जबरजस्ती जापानको हानेदा विमानस्थल पुर्याएका थिए । विमानस्थलमा पुगेपछि उनले स्वदेश फर्किन अस्वीकार गरिन् । त्यसपछि उनलाई जापानी प्रहरीले बलियो सुरक्षा उपलब्ध गराएका थिए । टोकियो ओलम्पिकमा यो घटना निकै चर्चित बनेको थियो । त्यसपछि मानवीयताको कारण देखाउँदै पोल्यान्डले उनलाई आफ्नो देशको प्रवेशाज्ञा उपलब्ध गराएको थियो । उनी जापानबाट सिधै पोल्यान्ड पुगेकी थिइन् ।

बेलारुसका खेल अधिकारीहरूले उनलाई स्वदेश फर्काउन जबरजस्ती जापानको हानेदा विमानस्थल पुर्याएका थिए । विमानस्थलमा पुगेपछि उनले स्वदेश फर्किन अस्वीकार गरिन् । त्यसपछि उनलाई जापानी प्रहरीले बलियो सुरक्षा उपलब्ध गराएका थिए ।

टोकियो ओलम्पिकमा यो घटना निकै चर्चित बनेको थियो । त्यसपछि मानवीयताको कारण देखाउँदै पोल्यान्डले उनलाई आफ्नो देशको प्रवेशाज्ञा उपलब्ध गराएको थियो । उनी जापानबाट सिधै पोल्यान्ड पुगेकी थिइन् ।

अहिले फ्रान्सको राजधानी पेरिसमा गृष्मकालीन ओलम्पिक खेलकुदको ३३औँ संस्करण जारी छ । अहिले क्रिस्टिना पोल्यान्डको नागरिकसमेत बनिसकेकी छन् । त्यसैले पेरिस ओलम्पिकमा उनी पोल्यान्डको खेल टोलीकी सदस्य हुन् ।

यसरी राष्ट्रियता परिवर्तन गरेर भए पनि उनले ओलम्पिक खेल्ने आफ्नो सपना पुरा गरिन् । पेरिस ओलम्पिकमा सोमबार अबेर महिला दुई सय मिटरको स्पर्धा थियो । त्यो स्पर्धाअघि फेरि एकपटक ओलम्पिकमा क्रिस्टिना चर्चित बन्न पुगिन् ।

आफ्नो स्पर्धामा हिट चरणबाटै बाहिरिए पनि २७ वर्षीय क्रिस्टिना विश्वभरीका सञ्चारमाध्यमका लागि गतिलो समाचारको विषय बन्न पुगिन् । उनले ओलम्पिक खेल्ने आफ्नो उद्देश्य पुरा भए पनि पदक जित्ने सपना साकार हुन बाँकी रहेको प्रतिक्रिया दिइन् ।

‘खेलाडीको सपनालाई कसैले पनि मार्न सक्दैन । ओलम्पिक खेल्ने मेरो सपना पुरा भएको छ तर, ओलम्पिकमा पदक जित्ने सपना सकार पार्न भने बाँकी नै छ,’ रातो रङको पोल्यान्डको जर्सीमा सजिएकी उनले भनेकी छन् । पेरिस ओलम्पिकमा पनि उनले सञ्चारकर्मीसँग आफ्नो मातृ भाषा (रुसी)मै कुरा गरेकी थिइन् ।

उनले सन् २०१९ मा सम्पन्न युरोपियन खेलकुदको दुई स्पर्धामा रजत पदक जितेकी छन् । यसका अतिरिक्त उनले सन् २०१९ मै सम्पन्न गृष्मकालीन युनिभर्साइडको दुई सय मिटर दौडमा स्वर्ण पदक पनि जितेकी छन् ।

Krystsina Tsimanouskaya 2

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप