कीर्तिमानी विनोद थापाले निकाले गल्फ यात्रा नामक पुस्तक
_edm76tlwkq.jpg)
अमेरिका । अमेरिकाको ५० वटा राज्यका राजधानी, ७ वटा महादेश सहित विश्वका ३० वटा भन्दा ज्यादा देशहरूमा पुगी गल्फ खेलेका डिसी महानगर क्षेत्रका विनोद (बेन) थापाले मेरो गल्फ यात्रा नामक पुस्तक प्रकाशित गरेका छन् । जसलाई उनले माई गल्फ जर्नी नाम दिएका छन् ।
काठमाडौँ बालुवाटार निवासी थापा करिब साढे तीन दशक अगाडि अमेरिका आएका हुन् । अमेरिकामै आई उच्च शिक्षा हासिल गरेका उनी सूचना प्रविधिका दक्ष व्यक्ति हुन् । उनी अमेरिकाकै प्रतिष्ठित प्रतिष्ठानमा उच्च ओहदामा कार्यरत छन् ।
विश्वका ७ महादेश,अमेरिकाको ५० वटै राज्यका राजधानी तथा विश्वका ४५ वटा देश भ्रमण मध्ये ३१ वटा देशहरूमा गल्फ खेल्ने उनी सम्भवतः विश्व कै पहिलो गल्फ खेलाडी हुन् ।
अमेरिका आएको ४ वर्ष पछि उनको गल्फ खेलमा रुचि बढ्यो जुन उनले पुस्तकको प्रारम्भमा मेरो गल्फ यात्रामा उल्लेख गरेका छन् । त्यसपछि बेन थापाले पछाडि कहिले हेरेनन् । उनी अविरल रूपमा गल्फ खेलमा लागे ।
परिणाम स्वरूप उनी अहिले डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको साउथ राइडिङ्ग सहरमा हुने प्रतियोगितामा धेरै पटक विजेता भएका छन् । उनी साउथ राइडिङ्ग गल्फ क्लबका सदस्यको साथै यस क्लबका क्रियाशील सदस्य पनि हुन् । उनले नै ९ वर्ष अगाडी उक्त क्लबमा आयोजना हुने फ्राईडे नाइट लिग ल्याएर अहिले सम्म निरन्तर सञ्चालन गरी रहेका छन् ।
पुस्तक अहिले एमाजोनमा बिक्रीको लागि अग्रिम रूपमा खरिद गर्न सकिने छ । उनको माई गल्फ जर्नी (मेरो गल्फ यात्रा)को मूल्य २९ डलर ९९ सेन्ट राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)