बेलायतमा सुरक्षा सतर्कता अपनाउन नेपालीलाई दूतावासको आग्रह

लन्डन । बेलायतको पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै नेपाली दूतावास लन्डनले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै दूतावासले बेलायतमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।
दूतावासले भनेको छ, ‘बेलायतमा रहेका र बेलायत भ्रमण गर्न लागेका सबै नेपाली नागरिकलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध छ ।‘
यस्तै दूतावासले स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरू ध्यानपूर्वक पालना गर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै, बेलायतस्थित नेपाली संघ सङ्गठनहरूलाई समेत आफ्नो संस्था–समुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्न दूतावासले आह्वान गरेको छ ।
बेलायतमा विकसित वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको दूतावासको भनाइ छ । दूतावासले कुनै सहयोग आवश्यक परेमा टेलिफोन: 02072291594, 07404939274 र इमेल: [email protected], [email protected] सम्पर्क गर्न अनुरोध गरेको छ ।
बेलायतमा भएको आक्रमणबात तीन जना बालिकाको ज्यान गएपछि त्यहाँ कयौँ क्षेत्रमा शृङ्खलाबद्ध प्रदर्शन भइरहेका छन् । आप्रवासी विरोधी ‘इंग्लिस डिफेन्स लिग’ ले ठाउँठाउँमा प्रदर्शन गरेको छ भने उसको विरोधमा समेत काउन्टर प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शनकै बहानामा कयौँ क्षेत्रमा चोरी र लुटपाट पनि हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीद्वारा वित्तीय संघीयताका नाममा अमेरिकाले दिएको अनुदानबारे सरकारको धारणा माग
-
सांसद श्रेष्ठको प्रश्न : सरकारले डाक्टरले दिएको राजीनामा किन स्वीकृत गर्दैन ?
-
ईपीएसमार्फत कोरिया जाने श्रमिकहरूको उडानमा ढिलाइ, के भन्छ ईपीएस शाखा कार्यालय ?
-
माघ महिनामा तीन हजार बढी फरार प्रतिवादी पक्राउ
-
२०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई कांग्रेस सांसदको सुझाव
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा