बंगलादेशमा सेनाको शीर्ष पदमा हेरफेर

ढाका । बंगलादेशमा सेनाको केही शीर्ष पदमा हेरफेर गरिएको छ । त्यहाँको इन्टर सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै हेरफेरबारे जानकारी दिएको छ ।
विज्ञप्तिका अनुसार राष्ट्रिय दूरसञ्चार अनुगमन केन्द्र (एनटीएमसी)का महानिर्देशक मेजर जनरल जियाउल अहसानलाई सेवाबाट बर्खास्त गरिएको छ । मेजर जनरल एएसएम रिदवानुर रहमान लाई एनटीएमसीका महानिर्देशक नियुक्त गरिएको छ । लेफ्टिनेन्ट जनरल मोहम्मद सैफुल आलमलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिइएको छ ।
लेफ्टिनेन्ट जनरल मिजानुर रहमान शमीमलाई सेनाको प्रधानसेनापति नियुक्त गरिएको छ । लेफ्टिनेन्ट जनरल मुजिबुर रहमानलाई सेनाको तालिम र सिद्धान्त कमाण्डको जनरल अफिसर कमान्डिङ (जीओसी) बनाइएको छ भने लेफ्टिनेन्ट जनरल अहमद तबरेज शाम्स चौधरीलाई क्वार्टर मास्टर जनरल बनाइएको छ ।
लेफ्टिनेन्ट जनरल मोहम्मद शाहीनुल हकलाई नेसनल डिफेन्स कलेज (एनडीसी) को कमान्डेन्ट बनाइएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म