मन्त्रिपरिषद् बैठक
न्याय सेवाका दुई सहसचिव सचिवमा बढुवा
मङ्गलबार, २२ साउन २०८१, २० : २२

काठमाडौँ । मन्त्रीपरिषद्को बैठकले न्याय सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
न्याय सेवा आयोगको बैठकले साउन १५ गते दुई सहसचिवको सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो । न्याय सेवातर्फका कानुन समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगाना सचिव बढुवामा सिफारिस भएका थिए ।
श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानुन आयोगमा कार्यरत थिए । उनलाई कानुन सेवा आयोगमै पदस्थापन गरिएको छ । बढुवा भएका अर्का सचिव ढुङगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापना मन्त्री परिषद्ले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ
-
सूचना लुकाएको भन्दै काभ्रे बहुमुखी क्याम्पससँग राष्ट्रिय सूचना आयोगद्वारा लिखित जवाफ माग