पहिरोका कारण कागेश्वोरी चक्रपथको इन्द्रायणी पासिखेल सडक खण्ड अवरुद्ध
काठमाडौँ । शंखरापुर नगरपालिका–९ स्थित कागेश्वरी चक्रपथको इन्द्रायणि सडक खण्डको पासिखेलमा पहिरोले सडक अवरुद्ध भएको छ ।
गत साउन ११ गते आएको अविरल वर्षाले सडक ५० मिटर भासिएर उक्त सडक खण्ड अवरुद्ध भएको हो । सो सडक खण्ड अवरोध भएसँगै विगत ११ दिनदेखि सवारीसाधन आवतजावतमा समस्या भएको छ ।
सो सडक खण्डबाट शंखरापुर नगरपालिकाको सानागाँउ, कागेश्वरी मनोहरा नगरपालिकाको प्रसिद्ध धार्मिक स्थल कागेश्वोरी धाम, गागलफेदी र सातघट्टे जान सकिन्छ । उक्त सडक खण्डको मंगलबार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्के, संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने लगायतले अनुगमन गरेका छन् ।
सो कार्यक्रमको संयोजन शंखरापुर नगरका प्रथम मेयर सुवर्ण श्रेष्ठले गरेका थिए । अनुगमनका क्रममा मन्त्री मास्केले अवरुद्ध सडक खण्ड तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल कदमी लिने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की