बंगलादेश प्रदर्शन
बंगलादेशमा राष्ट्रपति र विद्यार्थी आन्दोलनका शीर्ष नेताबिच बैठक जारी
मङ्गलबार, २२ साउन २०८१, १९ : १७

ढाका । बंगलादेशमा राष्ट्रपति मोहम्मद शाहबुद्दिन र विद्यार्थी आन्दोलनका शीर्ष नेताहरूबिच बैठक चलिरहेको छ ।
साँझ ६ बजेतिर विद्यार्थी नेताहरू सवार एउटा माइक्रोबस राष्ट्रपतिको सरकारी आवास तथा कार्यालय बाङ्गभवनमा छिरेको थियो ।
बैठक जारी रहेको भन्दै बंगलादेशको दैनिक पत्रिका द डेली स्टारको अनलाइन संस्करणमा समाचार छापिएको छ । बैठकमा विद्यार्थी नेताले अन्तरिम सरकार गठनबारे कुराकानी गर्ने बताइएको छ ।
प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएर भारततिर लागेपछि सत्ताको कमान्ड हातमा लिँदै सेना प्रमुखले विपक्षी दलकी अध्यक्ष खालिदा जिया जेलबाट रिहा भएपछि मात्रै अन्तरिम सरकार गठनलाई अगाडि बढाइने बताएका थिए । मंगलबार दिउँसो जिया रिहा भइसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म