ललितपुरमा गुडिरहेको मोटरसाईकलमाथि खस्यो पहिरो
चालकसहित दुईजना घाइते
मङ्गलबार, २२ साउन २०८१, १८ : ४०
काठमाडौँ । ललितपुरको बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खसेको छ । पहिरो खस्दा ना.५४ प १६५५ नम्बरको मोटरसाइकल चालक र पछाडि सवार यात्रु घाइते भएका छन् ।
चालक सलमान अन्सारीको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
मोटरसाइकलमा पछाडि सवार ४६ वर्षीय मुर्तुजना अन्सारीको खुट्टामा चोट लागेको छ । मंगलबार बिहानदेखिको अविरल वर्षाका कारण जोखिम क्षेत्रमा सावधानी अपनाएको एसपी सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति