शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

याक एण्ड यतिको क्यासिनोको ११ करोड रोयल्टी विवाद सर्वोच्चले पूर्णमा पठायो

मङ्गलबार, २२ साउन २०८१, १८ : ०४
मङ्गलबार, २२ साउन २०८१

  काठमाडौँ । काठमाडौँस्थित पाँचतारे  होटल याक एण्ड यतीमा सञ्चालित क्यासिनोको रोयल्टी विवाद पूर्ण इजलासमा पेस हुने भएको छ । सर्वोच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले यो विवाद पूर्ण इजलासमा पठाएपछि तत्काल नटुङ्गीने भएको छ । 

मंगलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त विवाद पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । अब यसको निरूपण तीन न्यायाधीशको इजलासले गर्ने छ ।

विगत १० वर्षभन्दा बढी समयदेखि यो विवादको गाँठो फुक्न सकेको छैन । ११ करोड ८७ लाख ८५ हजार रुपैयाँ रोयल्टी बक्यौताको विवाद १० वर्षभन्दा अदालतको चक्करमा घुमिरहेको छ । 

याक एन्ड यती होटलले २०४८ सालदेखि क्यासिनो सञ्चालनको अनुमति लिएको थियो । २०६६ मा उसले गिल्ट इन्भेस्टमेन्ट प्रालि नामक कम्पनीसँग सम्झौता गरी क्यासिनो सञ्चालन गर्न दिएको थियो । २०७० सम्म होटलले नै क्यासिनोको रोयल्टी तिर्दै आएको थियो । २०६७।०६८ देखि ०६९।७० गरी तीन वर्षको रोयल्टी तथा विलम्ब दस्तुरसमेत गरी ६ करोड ८२ लाख रुपैयाँ सरकारलाई बुझाएको थियो । 

२०७० साउन ०७ मा नयाँ क्यासिनो नियमावली आएपछि विवाद सुरु हुँदै सर्वोच्चसम्म आइपुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप