बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

न्यूयोर्कस्थित बंगलादेशी महावाणिज्य दूतावासमा घुसे प्रदर्शनकारी

मङ्गलबार, २२ साउन २०८१, १७ : ४७
मङ्गलबार, २२ साउन २०८१

ढाका । बंगलादेशमा यतिबेला हिंसाको आगो भड्किरहेको छ । गएको केही दिनयताको लगातार हिंस्रक प्रदर्शनपछि शेख हसिनाले राजीनामा दिएर चुपचाप देश छाडेर भारत गइसकेकी छिन् । यसैबिच बंगलादेशमा जारी प्रदर्शनको झिल्का अमेरिकामा पनि देखिएको छ । अमेरिकामा रहेका बंगलादेशी नागरिकहरूले न्यूयोर्कस्थित बंगलादेशी महावाणिज्य दूतावासमा घुसेर गरेर शेख मुजीबुर रहमानको तस्बिर उतारेका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा प्रदर्शनकारीहरु महावाणिज्य दूतावास रहेको भवनमा छिरेर बंगलादेशका संस्थापकको तस्बिर हटाइरहेको देख्न सकिन्छ ।

प्रदर्शनकारीहरूले अमेरिकामा वाणिज्य दूतावासमा हमला किन गरे भन्ने स्पष्ट हुन सकेको छैन । भिडियोमा प्रदर्शनकारीहरूले बंगलादेशको झन्डाको रंगको टोपी लगाएर हङ्गामा गरिरहेको देखिएको छ । केही मानिसले दूतावासको कार्यालयबाट सामान झिकिरहेको पनि देखिन्छ ।

दूतावासका केही अधिकारीहरूले प्रदर्शनकारीलाई हात जोडिरहेको देखिन्छ । सोमबार प्रदर्शनकारीहरूले शेख मुजीबुर रहमानको प्रतिमा हतौडा हानेर फुटालेका थिए । केही प्रदर्शनकारीले संसदन भवनमा हमला गरेर नाराबाजी गर्दै सम्पत्ति लुट्दै तोडफोड पनि गरेका थिए । शेख हसिनाको सरकारी आवासबाट पनि प्रदर्शनकारीहरूले फर्निचर र महँगा सामान लुटेर लगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप