बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बंगलादेशमा संकट

सिमानामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती, कूटनीतिक नियोगमा निगरानी

बंगलादेशबाट आउनेलाई सिमानामा ब्लक गर्ने सुरक्षा रणनीति
मङ्गलबार, २२ साउन २०८१, १८ : ००
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । बंगलादेशमा भएको आन्दोलनको असर नेपालमा देखिन सक्ने आकलन गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आन्दोलन नियन्त्रण बाहिर गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साउन २१ मा राजीनामा दिँदै देश छाडेकी छन् ।

सो घटनापछि बंगलादेशका मानिस शरणार्थीको रूपमा नेपाल प्रवेश नगरुन् भनेर नेपाल–भारत सिमानामा कडाइ गरिएको छ । काठमाडौँमा पनि कूटनीतिक नियोग र बंगलादेशका मानिसहरू बस्ने ठाउँमा सुरक्षा निगरानी बढाइएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपाने भन्छन्, ‘बंगलादेशको राजदूतावास र बंगलादेशका मानिसहरू जम्मा हुनसक्ने क्षेत्रमा सुरक्षा निगरानी बढाएका छौँ ।’

काठमाडौँमा बंगलादेशको राजदूतावास आसपास बस्ने बंगालीहरूले प्रदर्शन गर्न सक्ने सुरक्षा विश्लेषण छ । नेपाल प्रहरीका एक जना उच्च अधिकृतका अनुसार सो क्षेत्रमा निगरानी गर्न गस्ती र पेट्रोलिङ बढाइएको छ ।

सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले भारतीय सीमा सुरक्षा बलका डीजी दलजित सिंह चौधरीसँग मंगलबार टेलिफोन संवाद गरेका हुन् । चौधरी अहिले बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ)को पनि प्रमुख हुन् ।

राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारीहरूले शङ्कास्पद गतिविधिको सूचना सङ्कलन गरिरहेका छन् । बंगलादेश बाहेक मुस्लिम बाहुल्य मुलुकका कूटनीतिक नियोगमा पनि निगरानी बढाइएको सुरक्षा अधिकारी बताउँछन् ।

कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा सीमा नाकामा सशस्त्र प्रहरीले आफ्नो फौज बढाएको छ । पूर्वक्षेत्र बाहेक अरू प्रदेशमा पनि शङ्कास्पदहरूको निगरानी गर्न गृह मन्त्रालयले सर्कुलर गरेको छ ।

नेपाल–भारत सीमा नाकास्थित खुला ठाउँमा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ र सशस्त्र प्रहरीले संयुक्त रूपमा गस्ती र पेट्रोलिङ गर्ने भएका छन् ।

खुला सिमानामा एसएसबीसँग मिलेर संयुक्त गस्ती गरिने सशस्त्र प्रहरीका डीआईजी न्यौपानेले बताए । उनले भने, ‘त्यसबारे भारतका सशस्त्र सीमा बलका डीजीसँग कुरा भएको छ ।’

सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले भारतीय सीमा सुरक्षा बलका डीजी दलजित सिंह चौधरीसँग मंगलबार टेलिफोन संवाद गरेका हुन् । चौधरी अहिले बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ)को पनि प्रमुख हुन् ।

रोहिङ्ग्या, भारतमा बस्ने बंगलादेशका नागरिक र अवामी लिगका समर्थक शरणार्थीको रूपमा नेपालमा आउन सक्ने आकलन गरेर उनीहरूलाई ‘ब्लक’ गर्ने सुरक्षा रणनीति अख्तियार गरिएको छ ।

भारत र बंगलादेशको सिमानामा परिचालित फौजलाई दलजित सिंह चौधरीले मंगलबार नै चौबिसै घण्टा अलर्ट रहन निर्देश गरेका छन् । मेघालय राज्यले बंगलादेशको सीमावर्ती क्षेत्रमा कर्फ्यु लगाएको छ । भारतले आफ्नो सिमानामा कडाइ गरेपछि बंगालीहरू लुकीछिपी नेपाल प्रवेश गर्न सक्ने आकलन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार मुस्लिम समुदायका रोहिङ्ग्या शरणार्थी, भारतमा बस्ने बंगलादेशका नागरिक र शेख हसिनाको राजनीतिक पार्टी अवामी लिगका समर्थकहरू त्यहाँबाट भागेर नेपाल आउन सक्ने आकलन गरिएको छ ।

  • ब्लक गर्ने रणनीति

रोहिङ्ग्या, भारतमा बस्ने बंगलादेशका नागरिक र अवामी लिगका समर्थक शरणार्थीको रूपमा नेपालमा आउन सक्ने आकलन गरेर उनीहरूलाई ‘ब्लक’ गर्ने सुरक्षा रणनीति अख्तियार गरिएको छ । नेपाल प्रहरीका एक जना उच्च अधिकृत भन्छन्, ‘सकेसम्म ब्लक गर्ने सुरक्षा रणनीति अपनाइएको छ । भारतले पनि आफ्नो नाकामा कडाइ गरेको छ ।’

बंगलादेश मूलका शरणार्थीहरूलाई प्रवेशमा रोक लगाउन सशस्त्रका आईजी राजु अर्यालले मातहतका निकायलाई ब्रिफिङ गरेका छन् । भर्चुअल ब्रिफिङमा उनले भने, ‘बंगलादेशका नागरिक भएमा रोक्ने र फर्काउने ।’

अध्यागमन प्रक्रिया पूरा गरेर आएकालाई मात्र सीमा नाकाबाट प्रवेश अनुमति दिन भनिएको छ । बंगलादेशमा भएको आरक्षण विरुद्धको आन्दोलनमा रोहिङ्ग्याहरू पनि संलग्न छन् । म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या लामो समयदेखि काठमाडौँमा क्याम्प बनाएर बसिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप