बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

ओपन २ इन १ स्नुकर प्रतियोगिता सिजन ४ः प्रतिभा र खेलकुदको उत्सव

मङ्गलबार, २२ साउन २०८१, १६ : १७
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । द गुड सट स्नुकर क्लबले ओपन २ इन् १ स्नुकर प्रतियोगिता सिजन ४ को आयोजना गरेको छ । कपन ११, बुढानीलकण्ठ, नजिकैको आनी गुम्बामा भइरहेको यस बहुप्रतीक्षित प्रतियोगिताले नेपालभरिका स्नुकर खेलाडीहरूको ध्यान आकर्षित गरेको छ । प्रतियोगितामा स्नुकरको उत्कृष्ट प्रतिभा र कडा प्रतिस्पर्धा देख्न सकिने छ ।

प्रतियोगितामा दुई मुख्य टोलीहरूले उत्कृष्ट उपाधि सहित नगद पुरस्कार प्राप्त गर्ने छन् । २ समूहलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको आयोजकले दावी गरेको छ । 

टोली ‘ए’ मा पहिलो पुरस्कार रु. ५० हजार, दोस्रो पुरस्कार रु.२० हजार, तेस्रो पुरस्कार रु.१० हजार र उच्च ब्रेक पुरस्कार रु.१० हजार रुपैयाँ रहेको छ भने टोली ‘बी’ मा पहिलो पुरस्कार रु.३० हजार, दोस्रो पुरस्कार रु.१० हजार, तेस्रो पुरस्कार रु.५ हजार र उच्च ब्रेक पुरस्कार रु.५ हजार रुपैयाँ रहेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न आठ विधाका ट्रफीहरु प्रदान गरिनेछ ।

यो कार्यक्रमको मुख्य प्रायोजक पासाङ तामाङ, फूरी माया तामाङ, र छोरा काजी लामाले रहेका छन् । अन्य प्रायोजकहरुमा पाहुना प्रायोजक, शार रेस्टुरेन्ट बौद्ध सवारी प्रायोजक, एभरेस्ट एनफिल्ड, यात्रा प्रायोजक, टाकतोक ब्रदर्स ट्रेक र एक्स्पिडिसनस कफी प्रायोजक, माउन्टेन जाभा कफी कम्पनीस नेपाल मल्ल ट्रेक्स र एक्स्पिडिसन र डिजिटल मिडिया प्रायोजक, प्रोजेक्टाइल क्रियशन्स रहेका छन् । 

त्यस्तै प्रतियोगितालाई सफल बनाउन नेपाल माउन्टेनियरिङ एसोसिएसनका सदस्य लामा बाबु शेर्पा, माउन्टेनर फुरा जम्बु शेर्पा लगायतको पनि सहयोग रहेको विश्व कीर्तिमानी पर्वतारोही तथा द गुड् सट स्नुकर क्लबका अध्यक्ष लाक्पा देन्डी शेर्पाले बताए । 

उनका अनुसार एक सय ३० भन्दा बढी सहभागीहरू रहेको प्रतियोगिता एक हप्तासम्म उच्च स्तरको स्नुकरहरूको साथ रमाइलो म्याचहरू सञ्चालन हुनेछ । सात दिनसम्म चल्ने यो कार्यक्रमको पहिलो दुई दिनको छनोट चरण भने पूरा भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप