प्रधानमन्त्रीले राजीनामा दिएर देश छाडेको भोलिपल्ट बंगलादेशको संसद विघटन
मङ्गलबार, २२ साउन २०८१, १६ : ०७

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले देशको संसद भंग गर्ने आदेश जारी गरेका छन् ।
राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
राष्ट्रपति मोहम्मद शहाबुद्दीनसँग तीन सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विद्यार्थी आन्दोलनका नेताहरुको बैठकपछि राष्ट्रिय संसद् विघटन गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।
यही माघ ७ गते भएको निर्वाचनपछि यो संसद गठन भएको हो ।
सोमबार राष्ट्रपतिले आदेश जारी गर्दै बिएनपीकी नेतृ खालिदा जियालगायत धेरै विपक्षी नेताहरूलाई घरमै नजरबन्दबाट रिहा गरेका थिए। सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै बंगलादेशमा राजनीतिक संकट गहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि ध्यान दिएन : प्रचण्ड
-
कारागारबाट इमरान खान भन्छन्, ‘टोली छनोटमै नातावाद हावी भएपछि यस्तै हुन्छ’
-
जनयुद्धकी पहिलो महिला सहिद धनमायाबारे के भन्छन् श्रीमान् ?
-
सात जिल्लामा आगलागीका घटना : लाखौँको क्षति
-
गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन
-
केन्या, नेदरल्यान्ड्स र अमेरिकाको ऐतिहासिक उपस्थिति