अस्ट्रेलिया ग्रेटर सिड्नी नेपलिज मल्टिकल्चरल सेन्टर गठन

सिड्नी । अस्ट्रेलियामा सबैभन्दा धेरै नेपालीहरूको बसोबास रहेको सिड्नीमा ग्रेटर सिड्नी नेपलिज मल्टिकल्चरल सेन्टर (जीएसएनएमसी) नामक संस्था गठन गरिएको छ । सिड्नीमा नेपालीहरूको आफ्नै बहुसांस्कृतिक सामुदायिक केन्द्रको आवश्यकता महसुस गर्दै सो सेन्टर गठन गरिएको हो ।
गैरआवासीय नेपाली संघको सक्रियता र सिड्नी नेपलिज मल्टिकलचर सेन्टर, नेपलिज हिन्दु सोसाइटी अस्ट्रेलिया तथा अन्य नेपाली सामुदायिक संघसंस्थाहरूको सहभागितामा २८ अप्रिल २०२४ मा आयोजित भेलाले सिड्नीमा बहुसाँस्कृतिक केन्द्र निर्माणका लागि एउटा समिति गठन गरेको थियो । सिड्नीको पन्चबउलस्थित काष्ठमण्डप फङ्सन सेन्टरमा भएको भेलाले विष्णु हमालको अध्यक्षतामा १९ सदस्यीय बोर्ड अफ डाइरेक्टरहरूको समिति गठन गरेको थियो ।
उक्त भेलाले गठित कार्य समितिलाई ३ महिनाभित्र बहुसांस्कृतिक सामुदायिक केन्द्रको स्थापना र भावी कार्ययोजना सहित काम अगाडी बढाउने निर्देश गरेको थियो। सोही उद्देश्य अनुसार सिड्नी मल्टिकल्चरल सेन्टरको अस्थित्वलाई समायोजित गर्दै बृहत्तर नेपाली सामाजिक संस्थाहरू र समुदायहरूको अपनत्व रहने गरि नयाँ संस्था ग्रेटर सिड्नी नेपलिज मल्टिकल्चरल सेन्टरको नामकरण गरिएको हो । त्यसको विधानलाई अन्तिम रूप दिने र फेयर ट्रेडिङमा दर्ता प्रक्रिया सम्पन्न यही १७ जुलाईमा भएको छ ।
कार्यसमितिमा छलफल सम्पन्न गरि पारित भएको संस्थाको विधानमा १९ सदस्यीय कार्यकारी (बोर्ड अफ डाक्टर) र ५ सदस्सीय संरक्षक समिति रहने व्यवस्थालाई वैधानिक बनाइएको छ । यसका अतिरिक्त बढीमा ५०१ सदस्य सांस्कृतिक दूत र २१ सदस्यीय सल्लाहकार समिति गठन गर्ने प्रावधान राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी