बागलुङमा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो

पोखरा । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा ६ जनाको मृत्यु भएको छ भने वडा नम्बर ९ को नयाँ बस्तीमा २ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार वडा नम्बर १० मा मृत्यु हुनेमा ७ वर्षकी मालती बुढा, सोही उमेरकी मधु बुढा, १२ वर्षका मनोज बुढा, सोही उमेरका अमन बुढा, सञ्जु विककी ६ महिनाकी छोरी र ५९ वर्षकी मैतीदेवी बिकको मृत्यु भएको छ ।
यस्तै गम्भीर घाइते हुनेमा संगीता बुढा, सुमित्रा बिक, सीता थापा र मङ्गलसिंह बुढा रहेका छन् ।
यस्तै ९ का १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो : उद्योग मन्त्री
-
भारतले बङ्गलादेशलाई दिँदै आएको ट्रान्ससिपमेन्ट सुविधा खारेज, नेपाललाई असर नपर्ने
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटन