समाचार
बागलुङमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु, २ जना बेपत्ता
मङ्गलबार, २२ साउन २०८१, १५ : १४

पोखरा । बागलुङमा पहिरोले पुरिएर छुट्टाछुट्टै ठाउँमा ७ जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण पहिरो झर्दा उनीहरूको मृत्यु भएको हो ।
वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा एकै परिवारका ८ जना पहिरोमा पुरिएका हुन् । तीमध्ये ५ जनाको शव निकालिएको छ भने २ जना बेपत्ता छन् । एक जनाको घाइते अवस्थामा उद्धार गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले जानकारी दिइन् ।
उनीहरूको पहिचान खुल्न बाँकी छ । वडा नम्बर ९ को नयाँ बस्तीमा बिहानै पहिरोले पुरिँदा १४ वर्षका विधान परियारको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यस्तै, सोही वडाको खहरे खोलामा पहिरोकै कारण २४ वर्षका गंगा बस्नेतको मृत्यु भएको छ ।
‘बाटो छैन । उद्धारका लागि टोली खटिएको छ,’ उनले भनिन्, ‘नगरप्रहरी र प्रहरी पुगिसकेका छन् । आर्मी पनि जाँदैछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यकाल सफल रहेको दाबी गर्दै भण्डारीले सार्वजनिक गरे १८ बुँदे प्रगति विवरण
-
बैशाखमा ‘मिस एसईई इटहरी’ आयोजना हुने
-
८४ को निर्वाचनसम्म सरकार टसमस हुँदैन, राजतन्त्र फर्किँदैन – प्रधानमन्त्री ओली
-
तीनकुने घटना : पत्रकार महासंघले सरकारलाई दिएको ‘अल्टिमेटम’ सकियो, माग सम्बोधन नगरिए देशव्यापी आन्दोलन गर्ने
-
सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा एकजना मजदुर पक्राउ
-
विद्यालय शिक्षा विधेयकका २७ दफामा सहमति