मिडिया काउन्सिल विधेयकको नाम आम सञ्चार परिषद् विधेयक राखिने

काठमाडौँ । मिडिया काउन्सिल विधेयक २०८० को नाम आम सञ्चार परिषद् विधेयक राखिने संसदीय समितिमा सहमति जुटेको छ ।
मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको थियो । सोही बैठकमा मिडिया काउन्सिल विधेयकको नामलाई आम सञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको हो ।
समिति सदस्यहरूले मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्नका लागि भनेर संशोधन प्रस्ताव समेत हालेका थिए । बैठकमा बोल्दै सदस्यहरूले सो नामलाई नेपालीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नामलाई नेपालीकरण गर्न सरकार तयार रहेको बताएका थिए । यससँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको समिति सभापति जयन्तीदेवी राईले घोषणा गरिन् । अब परिवर्तित नाम अनुरूप बाँकी प्रक्रिया अगाडी बढाउने उनले बताइन् । उनले विधेयकको नाम परिवर्तन गरेको नभई नेपाली भाषालाई जोगाउने उद्देश्यसहित नामको नेपालीकरण मात्रै गरिएको स्पष्ट पारिन् । विधेयकभित्रको विषयवस्तुहरू भने परिवर्तन नहुने उनको भनाई छ ।
सभापति राईले सो विधेयक सञ्चार क्षेत्रलाई सरकारले नियन्त्रण गर्नेगरी आएको भन्ने सरोकारवालाहरूको गुनासो रहेको भन्दै कुनैपनि हालतमा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न नदिइने बताइन् । उनले सिफारिस समितिको सम्बन्धमा पनि समितिको असहमति रहेको भन्दै सो कुरा सञ्चारमन्त्रीलाई समेत जानकारी गराइएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन