बंगलादेशमा अन्तरिम सरकार गठनबारे के भन्छ प्रमुख प्रतिपक्षी दल ?

ढाका । मंगलबार दिउँसो २ बजेसम्म अन्तरिम सरकार गठन नभए देशमा राजनीतिक शून्यता सिर्जना हुन सक्ने बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले बताएका छन् ।
मंगलबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा बिएनपीले अन्तरिम सरकारका लागि राष्ट्रपतिसमक्ष कुनै नाम प्रस्ताव नगरेको बताएको छ । राष्ट्रपतिले अनुरोध गरेमा पार्टीले नाम पठाउने पनि उनले बताए । आरक्षण विरोधी विद्यार्थी आन्दोलनका तर्फबाट नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नाम प्रस्ताव गरेको सन्दर्भमा पार्टीले प्रतिक्रिया दिएको छ ।
विद्यार्थीप्रति पूर्ण विश्वास रहेको पार्टीले बताएको छ । तर सर्वदलीय कुरालाई महत्त्व दिनुपर्ने पनि बीएनपीको भनाई छ । तीन महिनाभित्र चुनाव गरेर सत्ता हस्तान्तरण गर्न पनि उनले आग्रह गरेका छन् । बिएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानलाई पार्टीले छिट्टै स्वदेश फर्कन आग्रह गरेको आलमगीरले बताए । प्रतिशोधको भावले संस्थानहरूमा आक्रमण र लुटपाट रोक्नुपर्ने र यस्ता मान्छे आन्दोलन विरोधी हुने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानले बनायो हालसम्मकै विशाल स्कोर, यूएईसामु ३६० रनको लक्ष्य
-
आन्दोलनमय राजधानी: अस्तव्यस्त सडक, मारमा जनता
-
सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान
-
खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य
-
दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिन्छः बाबुराम