चोभारमा बागमतीको बहाव हेर्न मानिसको भीड, तस्बिरहरू
मङ्गलबार, २२ साउन २०८१, १४ : २८

काठमाडौँ । सोमबार साँझबाट निरन्तर परेको वर्षाका कारण उपत्यकालगायत देशका विभिन्न स्थानहरू जलमग्न भएका छन् ।
बागमती नदीको निकास क्षेत्र चोभारमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै लागेको छ । चोभारमा साँगुरो खोँच भएका कारण पानीको बहाव ठुलो देखिने हुँदा हेर्ने मानिसहरूको भीड लागेको हो ।