ढलमा छिरेर बेपत्ता महिला मृत फेला
मङ्गलबार, २२ साउन २०८१, १३ : ४५

काभ्रे । काभ्रेको धुलिखेलमा ढलमा परेर बेपत्ता भएकी एक महिला मृत फेला परेकी छिन् । मंगलबार धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरमा रहेको ढलमा परेर बेपत्ता भएकी भगवती भागदास मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार बिहान १०ः४५ बजेको समयमा श्रीखण्डपुरमा रहेको ढलको मकलमा परेर रामेछाप खाडादेवी गाउँपालिका–३ घर भई हाल पनौती नगरपालिका– ५ नैकिनटार बस्ने वर्ष ५० की भागदास बेपत्ता भएकी थिइन् ।
ढलमा परेर बेपत्ता भएकी भागदासको खोजतलास गर्ने क्रममा बिहान ११ः३५ बजे करिव ३०० मिटर तल शवफेला परेको प्रहरीले बताएको छ ।
उक्त ढलले बगाएर ३०० मिटर तल खेतमा तैरिएको अवस्थामा भागदासको शव फेला परेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सवारीलाई जीपीएस प्रणालीमार्फत ट्र्याकिङ गर्दै सरकार
-
सरकारी पक्ष र रेडबुल प्रतिनिधिबीच भेटवार्ता
-
ट्रेड टावर कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप