सुरक्षा कडाइ गर्न सशस्त्रका आईजीपीको भर्चुअल ब्रिफिङ
काठमाडौँ । आन्दोलन चर्किएर बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि नेपालमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सीमा नाकामा कडाइ गर्नेबारे सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सीमा नाकामा कार्यरत सुरक्षा कमान्डरहरूलाई ब्रिफिङ गरेका छन् । सीमा क्षेत्रका कार्यरत कमान्डरहरूलाई अर्यालले ब्रिफिङ गरेको सशस्त्रका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले रातोपाटीलाई बताए ।
बंगालादेशबाट आउनेहरू नेपाल प्रवेश गर्न सक्ने आकलन गरिएको सीमा क्षेत्रका बाहिनीपति र गणपतिहरुलाई अर्यालले भिडिओ कन्फरेन्स मार्फत ब्रिफिङ गरेका हुन् । झापा, मोरङ, सुनसरीका गणपतिहरू, कोशी र मधेस प्रदेशका डीआईजी तथा अन्य कमान्डरहरू भर्चुअल ब्रिफिङमा सहभागी थिए ।
शेख हसिनाले देश छाडेको घटनाबारे सोमबार केन्द्रीय सुरक्षा समितिमा छलफल भएको थियो । गृहमन्त्री रमेश लेखक र सुरक्षा प्रमुखहरूले बङ्गलादेशको आन्दोलनको असर नेपालमा पनि पर्न सक्ने आकलन गर्दै सीमा नाकामा कडाइ गर्ने र सुरक्षा सतर्कता बढाउनेबारे छलफल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल सकिएपछि पारस खड्काले भने– अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउँछौँ
-
जनकपुरले जितेपछि पुबुदुले भने– मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी
-
एनपीएलमा हारेपछि सुदूरपश्चिमका प्रशिक्षक टमटाले के भने ?
-
विदेशमा रहेका नेपालीको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : शर्मा
-
आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु
-
१० बजे, १० समाचार : सकियो एनपीएल, साइबर ब्युरो पुगिन् समीक्षा