छाडा गीत र खर्चिलो तिज
नेपाली हिन्दु महिलाद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तिजलाई अन्य धर्म तथा समुदायका नेपाली महिलाले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने पछिल्लो समय भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ ।
भगवान् शिवजीकी अर्धाङ्गिनी आद्य शक्ति हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्, त्यो दिन यही हरितालिका तिजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दु नारीले यो पर्व मनाउँदै आएका छन् भन्ने विश्वास गरिन्छ ।
हाम्रो समाजमा तिज पर्व विकृति र खर्चिलो बन्दै गएको छ । महिलाको महान् चाड तिजको मौलिकतामा हिजोआज विकृति बढ्न थालेको पाइन्छ । विगतमा यस पर्वका अवसरमा चेलीबेटी माइत आउने मिठो–मसिनो परिकार खाने, व्रत बस्ने, रातो, हरियो, पहेँलो रङ्गका कपडा तथा चुरा–पोते लगाउने, नाचगान गर्ने र गीतका माध्यमबाट मनको बह पोख्ने गरिन्थ्यो । अहिले तिजको मौलिकता हराउँदै गएको छ ।
तिजसम्बन्धी गीतहरू पनि उत्तिकै छाडा आउने गर्छन् । जसले गर्दा एकातिर मौलिकता मासिएको छ भने अर्कोतिर विकृति फैलिएको छ । अझ अहिले त तिज देखासिकी र गरगहना प्रदर्शनजस्तै बनिसक्यो । दर खाने निहुँमा महँगा–महँगा मदिरादेखि ठुल्ठुला होटलको खान्कीले प्रस्ट पारेका छन् कि तिज पर्व खर्चिलो र भड्किलो बन्दै छ ।
तिजसम्बन्धी गीतहरू पनि उत्तिकै छाडा आउने गर्छन् । जसले गर्दा एकातिर मौलिकता मासिएको छ भने अर्कोतिर विकृति फैलिएको छ । अझ अहिले त तिज देखासिकी र गरगहना प्रदर्शनजस्तै बनिसक्यो । दर खाने निहुँमा महँगा–महँगा मदिरादेखि ठुल्ठुला होटलको खान्कीले प्रस्ट पारेका छन् कि तिज पर्व खर्चिलो र भड्किलो बन्दै छ । आधुनिकताका नाममा विकृति फैलाएर हामीले हाम्रो संस्कृतिलाई मेटाउनुहुन्न । सबैले यसको जगेर्ना गर्नुपर्छ । पश्चिमा मुलुकको सिको र देखासिकी गरेर आफ्नो पहिचान र मौलिकतालाई मास्नु हुन्न ।
‘हाम्रा चाडपर्वलाई मौलिक रूपमै मनाउनुपर्छ, हामीहरूले विदेशीको नक्कल गर्ने होइन तर विदेशीलाई हाम्रो संस्कार र संस्कृतिको नक्कल गर्न सिकाउनुपर्छ । पहिले–पहिले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन थियो, अहिले यो हराउँदै गएको छ । दरका नाममा दारु खाने, खर्चिलो र भड्किलो रूपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गराउँदै गएको छ । हुने खानेको तडकभडकले दिनदिनै नयाँ कपडा लगाउनुपर्ने हुँदा हुने खानेले त लगाउलान्, खालान्, तर हुँदा खानेलाई आर्थिक वा मानसिक कस्तो असर पर्ला ? त्यसतर्फ पनि सोच्नुपर्छ । तिजलाई खर्चिलो र भड्किलो होइन, सांस्कृतिक रूपमा मौलिक बनाउनुपर्छ ।
तिजलाई परम्परागत र मौलिक रूपमा मनाउन छाडेर विदेशी संस्कारलाई अँगाल्दा स्थानीय संस्कार, संस्कृति र परम्परा मेटिन थालेकामा उहाँमा चिन्ता छाएको छ । पहिले तिज आउनुभन्दा एक साता अगाडिदेखि गाउँमा नाचगान गरिन्थ्यो, तर अहिले एक महिना अगाडिदेखि दर खाने र त्यसमा पनि मदिराका साथै महँगा परिकार खानाले तिजलाई विकृतितिर धकेलेको छ । उतिबेला तिजमा टाढाटाढा भएका दिदीबिहिनीसँग भेट हुन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर गीत गाइन्थ्यो, नाचिन्थ्यो । ती गीतमा घरमा पाएको दुःखसुखका कुरा, गाउँ–समाजका घटना, आफूले भोगेका दुःखसुखका अनुभव आदि समेटिएका हुन्थे ।
अहिले मादल, डम्फु र मुजुरा बज्नै छाडे । गीतमा न दुःखका कुरा छन्, न त भोगाइका । अहिले त अधिकांश गीतमा अश्लीलता र उत्ताउलोपना भेटिन्छ । चर्चा कमाउने प्रतिस्पर्धामा ल्याइने छाडा गीतहरूले हाम्रो धर्म–संस्कृतिमाथि तिखो प्रहार गरिरहेछन् । हामी सबैले आफ्नो संस्कृति र ऐतिहासिक तिजलाई संरक्षण गर्नुपर्छ ।
- किन मनाइन्छ तिज ?
तिज हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तिजमा भगवान् शिवजीको आराधना गरिनुका साथै नाचगानबाट मनोरञ्जन समेत गरिन्छ ।
धार्मिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले भगवान महादेवलाई आफ्नो स्वामी पाउँ भनी व्रत बसेकी थिइन् । माता पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरे पनि १०८औँ जन्ममा मात्र उनको तपस्या पूरा भएको पौराणिक कथा पाइन्छ ।
आफ्नो तपस्या पूरा नभएपछि पार्वतीले भगवान् विष्णुसँग सल्लाह लिइन् । तपस्या कसरी सफल हुन्छ भन्ने विष्णुलाई पक्कै पनि थाहा हुनुपर्छ भनी विष्णुलाई पुकार गर्दा विष्णु (हरि)ले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजाविधिका सम्बन्धमा सम्पूर्ण बेलीविस्तार लगाए ।
विष्णुले दिएको सुझावअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव प्रशन्न भए र चिताएको कुरा पुगोस् भनी वर दिए । यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा–आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । हरिले दिएको तालिका अनुसार गरिने पूजा भएकाले तिजलाई हरितालिका पनि भनिएको मान्यता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौष कृष्ण औँसी : गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भक्तजनले गरे श्राद्ध
-
परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता
-
बन्दीपुर भ्रमण वर्ष मनाइँदै
-
१० बजे १० समाचार : नयाँ यात्रामा गौतम र रावल, रास्वपामा दलको नेतामा विवाद
-
एनपीएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा स्वागत
-
जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र गर्मी ल्यायो : राष्ट्रसङ्घ