बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कास्कीमा ध्वनि प्रदूषण गर्ने २ हजार मोटरसाइकल कारबाहीमा

मङ्गलबार, २२ साउन २०८१, १२ : ४४
मङ्गलबार, २२ साउन २०८१

पोखरा । स्वरूप परिवर्तन गरेर ध्वनि प्रदूषण गरेका करिब २ हजार मोटरसाइकल कारबाहीमा परेका छन् । कास्की प्रहरीले ध्वनि प्रदूषण रोक्ने अभियानका लागि १ हजार ९ सय ८६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । उनीहरूलाई कारबाही गर्दा २८ लाख १० हजार जरिवाना सङ्कलन गरेको छ ।

मोडिफाई मार्फत अत्यधिक ध्वनि प्रदूषण भएपछि प्रहरीले रिकण्डिसन हाउस र वर्कसपहरुमा सचेतनाको स्टिकर टाँसेको छ । यद्यपि मोडिफाई रोकिएको छैन । ‘प्रदूषण हुने गरी मोडिफाई मार्फत ठुलो आवाज निकाल्ने, कतिपय अवस्थामा त मोटरसाइकलमा आगो नै लागेको पनि छ,’ कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले भने, ‘यसलाई नियन्त्रण गर्न प्रहरीले अभियान चलाएको हो ।’

यो अवधिमा पाँच वर्षसम्म नवीकरण फेल भएका ११ वटा सवारी साधनलाई कारबाहीमा परेका छन् । यस्तै, मिटरमा जान नमान्ने ५ सय ७८ वटा ट्याक्सी पनि कारबाही गरिएको छ । अत्यधिक मात्रामा कालो धुवाँ फाल्ने विभिन्न ६ वटा सवारी साधनलाई कारबाही गरिएको छ भने मोबाइल एप प्रयोग गरेर यात्रु ओसार्ने २६ साधनलाई कारबाही गरिएको छ ।

२२ वटा दुईपांग्रे र ४ वटा चार पाङ्ग्रे सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । एक वर्षको अवधिमा ८४ हजार ५ सय २३ वटा सवारी साधनलाई कारबाही गरिएको शर्माले जानकारी दिए । उनका अनुसार सवारीमाथि कारबाही गर्दा करिब ७ करोड राजश्व सङ्कलन भएको छ । ६ करोड ८७ लाख १३ हजार रुपैयाँ राजश्व सङ्कलन गरी सङ्घ सरकारमा पठाइएको हो । सवारी कारबाहीबाट सङ्कलन हुने राजश्व प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने माग प्रदेशहरूले गर्दै आएका छन् । तर सङ्घले सुनेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप