हसिना अब राजनीतिमा नआउने, बाँकी समय नातिनातिनासँग बिताउने
ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नआउने भएकी छिन् । हसिनाको छोरा तथा प्रधानमन्त्री रहँदा हसिनाको पूर्व आधिकारिक सल्लाहकार समेत रहेका सजीव वाजेद जोयले सोमबार बीबीसीसँगको एउटा अन्तरवार्तामा यस्तो बताएका हुन् । परिवारको जोरजर्बजस्तीमै हसिनाले आफ्नो सुरक्षाका लागि देश छाडेको पनि उनले बताए ।
सोमबार सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर हसिनाले भारतमा शरण लिएकी थिइन् । जोयका अनुसार हसिनाले आइतबारदेखि नै राजीनामा दिने विचार गरिरहेकी थिइन् ।
पछिल्लो घटनाक्रमका कारण आफ्नी आमा निराश बनेको पनि उनले बताए । लड्खडाइरहेको राज्यलाई हसिनाले एसियाको उदीयमान अर्थतन्त्र बनाएको तर आफूले दिएको योगदानको यो फल मिलेकोमा उनी निराश बनेको पनि बताइएको छ । बङ्गलादेशमा हिंसा भड्काउन पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइएको हात रहेको आफ्नो आशङ्का भएको जोयले बताका छन् ।
‘शेख हसिनाले देशलाई उत्तम सरकार दिएकी थिइन्, अब उनी आफ्ना नातिनातिनाहरूसँग समय बिताउनेछिन्, राजनीतिमा फर्कने छैनन् ।’ जोयले भनेका छन् । सञ्चार माध्यमहरूले हसिना भारतबाट लन्डन जान लागेको खबर छापिरहेका छन् ।
हसिना लन्डन जान लागेको हो भनेर सोधिएको प्रश्नमा जोयले यस्तो निर्णय नभएको भनेका छन् । आफ्नी आमाले लन्डनमा शरण नमागेको र लन्डनसम्बन्धी खबर झुटो भएको पनि उनले बताए । सडकमा रक्तपात नहोस् भनेर आफ्नी आमाले बङ्गलादेश छाडेको पनि जोयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै