अवैध लागु औषधसहित पाँच जना पक्राउ

काठमाडौँ । सुनसरी, झापा र मोरङ जिल्लाबाट लागु औषधसहित पाँच जना पक्राउ परेका छन् ।
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ प्रभुदेवा चोकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-३ झुम्का बस्ने १९ वर्षीय रुपेश चौधरी र १९ वर्षीय उत्सव चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प १३१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापाको भद्रपुर नगरपालिका-९ निन्दा खोलाको पुलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अरेन्जय राजवंशी र २५ वर्षीय कृष्ण राई रहेका छन् । प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले भारतबाट घोडामारातर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता मोरङको पथरी शनिश्चरे नगरपालिका-८ दोलु शुक्रबारे बस्ने २५ वर्षीय दीपेश माझीलाई अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३७ जना विद्यार्थीले तयार पारेका फेसन आकर्षक पहिरन प्रदर्शन गरिँदै
-
‘होस्टेल ३’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
किन हुन्छ पाइल्स, उपचार के ?
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट आज पनि इजलासको पुछारमा
-
‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र डेरावाल हुन् ?