शेख हसिनालाई राजनीतिक शरण दिने सवालमा अमेरिकाले के भन्यो ?
मङ्गलबार, २२ साउन २०८१, ११ : २१

वासिङ्टन डिसी । बङ्गलादेशमा अन्तरिम सरकार लोकतान्त्रिक सिद्धान्त, कानुनको शासन र बङ्गलादेशी जनताको चाहना अनुसार बन्नु पर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले बताएको छ । शेख हसिना बंगलादेश छाडेर भाग्नुअघि उनले अमेरिकासँग शरण मागेकी थिइन् कि भन्ने प्रश्न यतिबेला उठिरहेको छ । यस्तोमा अमेरिकी विदेश मन्त्रालयले भने यसबारे आफ्नो देशमा शरण मागेको हो वा होइन भन्ने थाहा नभएको बताएको छ ।
बङ्गलादेशमा विगत केही सातादेखि भइरहेका हिंसात्मक गतिविधिको पूर्ण र पारदर्शी छानबिन होस् भन्ने अमेरिकी चाहना छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यस्तो बताएका हुन् ।
त्यहाँको सरकारको भविष्यको निर्णय बङ्गलादेशी जनताले गरुन् भन्ने आफ्नो चाहना भएको उनले बताएका छन् । हिंसा गर्ने र कानून तोड्नेलाई जिम्मेवार बनाउनुपर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
-
३२०० एनआरएनले एकता महाधिवेशनमा भाग लिने, काठमाडौँमा चहलपहल सुरु
-
‘कसैलाई पीडा नहोस् भनेर मेरी आमाले रोग लुकाएर पाल्नुभयो’
-
कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित, चरणबद्ध कार्यक्रमको घोषणा
-
सांसद राई पक्राउ गरेको बारे सभामुखलाई जानकारी
-
गभर्नर नियुक्तिमा फेरिएको ओलीको अडान