इजरायलमाथि हमासले गरेको आक्रमणमा यूएनका ९ कर्मचारीको संलग्नता

तेल अभिभ । अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणमा संयुक्त राष्ट्र संघका नौ कर्मचारीहरू संलग्न रहेको हुन सक्ने समाचारमा जनाइएको छ । सो घटनामा १ हजार २०० जनाको ज्यान गएको थियो ।
यस मामिलामा लामो समयसम्म छानबिनपछि सो हमलामा प्यालेष्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र संघको निकाय (यूएनआरडब्ल्यूए)का नौ जना कर्मचारी संलग्न रहेको हुन सक्ने एउटा आन्तरिक अनुसन्धानले देखाएको हो । गाजामा यूएनआरडब्ल्यूएका १४ हजार कर्मचारी कार्यरत छन् ।
सो घटनामा यूएनआरडब्ल्यूएका कर्मचारी संलग्न रहेको इजरायलले आरोप लगाएपछि जनवरीमा यो अनुसन्धान शुरु गरिएको थियो । आरोपीहरूसँग यूएनका अनुसन्धानकर्ताहरू कुराकानी हुन नसकेको तर केहीले भने लिखित प्रश्नको उत्तर दिएको बताइएको छ ।
यी नौ जनामध्ये केहीलाई जनवरीमै बर्खास्त गरिएको थियो । बाँकीलाई भने यही गर्मीयाममा जागिरबाट निकालिएको थियो । अक्टोबर ७ को हमलाको तयारीमा कूल १९ जना कर्मचारीले सघाएको आरोप इजरायलले लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय