बङ्गलादेशी क्रिकेट टोलीका पूर्व कप्तान मशरफे मोर्तजाको घरमा लुटपाट र आगजनी
काठमाडौँ । बङ्गलादेश यतिबेला अशान्त छ । आरक्षणको विरोधमा युवा तथा विद्यार्थीले सुरु गरेको आन्दोलन चरममा पुगेको छ । आन्दोलन हिंसक बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिइसकेकी छन् ।
पदबाट राजीनामा दिएलगत्तै उनी सोमबार देश छोडेर भारत पुगेकी छन् । बङ्गलादेशी क्रिकेट टोलीका पूर्व कप्तान मशरफे बिन मोर्तजा पनि शेख हसिनाको पार्टी आगामी लिगका नेता हुन् । उनी आगामी लिगबाट सांसद पनि बनेका छन् ।
त्यसैले अन्तर्राष्ट्रिय क्रिकेटका यी चर्चित खेलाडी पनि अहिले आन्दोलनकारी युवा–विद्यार्थीको आक्रोशको निशानामा परेका छन् । आन्दोलनकारीले क्रिकेटर मशरफे बिन मोर्तजाको घरमा पनि आगजनी गरेको समाचारमा जनाइएको छ ।
आन्दोलनकारीले उनको घरमा तोडफोड र लुटपाटपछि आगजनी गरेका हुन् । उनी बङ्गलादेशमा नरैल–२ निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएका हुन् । उनी लगातार दोस्रो पटक सांसद बनेका हुन् । आन्दोलनकारीले आगामी लिगको कार्यालयमा पनि आगजनी गरेका छन् ।
यसैगरी, मशरफे बिन मोर्तजाले बंगलादेशका लागि २० वर्ष क्रिकेट खेलेका थिए । उनी लामो समय बङ्गलादेशी टोलीको कप्तान पनि बनेका थिए । उनले ३६ टेस्टमा सात सय ९७ रन बनाएका छन् भने ७८ विकेट पनि लिएका छन् ।
उनले देशका लागि दुई सय २० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल दुई सय ७० विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले कुल एक हजार सात सय ८७ रन पनि बनाएका छन् । यसका अतिरिक्त उनले ५४ टी–२० अन्तर्राष्ट्रियमा ४२ विकेट लिएका छन् भने कुल तीन सय ७७ रन बनाएका छन् ।
These Islamists have now burnt down the house of Mashrafe Mortaza who was a former Bangladesh Cricket Team captain.
— Lord Immy Kant (Eastern Exile) (@KantInEast) August 5, 2024
Many such dehaats are illegally living in India pic.twitter.com/undelKYiSl
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ