पेरिस ओलम्पिक : रोमाञ्चक खेलमा इजिप्टलाई हराउँदै फ्रान्स फाइनलमा, स्पेनसँग उपाधि भिडन्त

काठमाडौँ । आयोजक राष्ट्र फ्रान्स ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको छ । फ्रान्सेली टोली बलियो प्रतिद्वन्द्वी इजिप्टमाथि ३–१ गोलको रोमाञ्चक जित हासिल गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
फ्रान्सले अब फाइनलमा स्पेनसँग उपाधिका लागि भिडन्त गर्नेछ । स्पेन भने सेमिफाइनल खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो । इजिप्ट र मोरक्कोबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
फ्रान्सको प्रतिस्पर्धात्मक जितमा जिन फिलिप माटेटाले दुई गोलको योगदान गरे । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि हार–जितको निर्णय अतिरिक्त समयमा भएको थियो । खेलमा सुरुआती अग्रता भने इजिप्टले लिएको थियो ।
खेल सुरु भएको ६२औँ मिनेटमा इजिप्टका लागि महमुद साबेरले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि माटेटाले गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए । सोही गोलका कारण निर्धारित समयको खेल बराबरीमा सकिएको थियो ।
खेलको ९२औँ मिनेटमा ओमर फायद दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि इजिप्ट १० खेलाडीमा समेटिएको थियो । फ्रान्सले त्यसको भरपुर फाइदा उठायो । खेलको ९९औँ मिनेटमा फ्रान्सका लागि माटेटाले नै दोस्रो गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलको १०८औँ मिनेटमा फ्रान्सका लागि माइकल ओलिसले तेस्रो गोल थपेका थिए । आफ्नो समयका प्रभावशाली खेलाडी थिएरी हेनरीको प्रशिक्षकत्वमा रहेको फ्रान्स ४० वर्षपछि ओलम्पिक फुटबलको उपाधि जित्ने अभियानमा देखिएको छ । प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार खेलिने छ । त्यसअघि बिहीबार तेस्रो स्थानका लागि खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा