खराब मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।
मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाले रातोपाटीलाई जानकारी दिए ।
खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको उनले जानकारी दिए । यताबाट बिहानै उडान सेडुलमा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित हुन पुगेको झाको भनाई छ ।
कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ ।
खराब मौसमका कारण स्टानाबुलबाट काठमाडौँ आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त