‘बुलाकी’ को ट्रेलरमा नारीको पीडा
मङ्गलबार, २२ साउन २०८१, ०८ : १९

काठमाडौँ । फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउन ३२ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलरमा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्धमान जारी प्रथाको यथार्थ सामाजिक परिवेशलाई जोडिएको छ । ट्रेलर हेर्दा फिल्म नारीप्रधान रहेको बुझ्न सकिन्छ ।
लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त, अभिनेता द्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्रीको मुख्य भूमिका रहेको छ ।
शिव ढकालको छायाङ्कन रहेको फिल्ममा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई काठमाडौँमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा