प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ सार्वजनिक

काठमाडौँ । प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ गरिएको छ । काठमाडौँस्थित हिल्टन होटेलमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।
राइटपाथ करियर काउन्सिलिङले सार्वजनिक गरेको गीतले नेपाली जनताले मिलेर काम गर्दा नेपालको समृद्धि सम्भव छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ । भिडियोमा विभिन्न प्राकृतिक विपत्तिहरूको प्रभाव र यसबाट प्रभावित जनताको दुःखलाई उजागर गर्दै सामूहिक प्रयासले यी चुनौतीहरूलाई पार गरी समृद्धिको नयाँ युग सुरु गर्न सकिने सन्देश दिइएको छ ।
नाजिर हुसेन र केकी अधिकारीको अभिनय रहेको भिडियोमा युवाहरूलाई विदेशमा अवसरहरूको खोजी गर्नु सकारात्मक भए तापनि, आफ्नो देशको विकासमा योगदान दिन फर्किनु आवश्यक रहेको सन्देश दिन्छ । गीतले नेपाली युवाहरूलाई आफ्नो सीप र क्षमता फिर्ता ल्याई समृद्ध राष्ट्र निर्माण गर्न प्रोत्साहित गरेको छ ।
सगोत्री आचार्यको शब्द तथा सत्यराज र स्वरूपराज आचार्यको स्वर रहेको गीतको भिडियो फिलिप डिसी र सिआर बस्नेतले निर्माण गरेका हुन् भने निर्देशन निकेश खड्काले गरेका छन् ।
समारोहमा राइटपाथ करियर काउन्सिलिङले पूर्व मिस नेपाल अस्मी श्रेष्ठलाई आगामी एक वर्षका लागि सद्भावना दूतको रूपमा नियुक्त गरेको छ । यस अवसरमा दुई आधिकारिक टेलिभिजन विज्ञापनहरू पनि अनावरण गरियो ।
राइटपाथ करियर काउन्सिलिङका सिइओ फिलिप डिसीले यस परियोजनालाई सफलतापूर्वक अघि बढाउन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताए ।
गीतले हालैका प्राकृतिक विपत्तिबाट पुनः उत्थान भइरहेको र भविष्यमा विपत्ति रहित सुन्दर नेपालको सपना देख्ने सबै नेपालीलाई एकताबद्ध भएर साझा लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितुवाको आक्रमणबाट ४ जना घाइते
-
कांग्रेसका मधेस महामन्त्री प्रदेश नीति तथा योजना आयोग सदस्य नियुक्त
-
ताप्लेजुङ दुर्घटनाबारे छानबिन गर्न उर्जा मन्त्रालयद्वारा चार सदस्यीय समिति गठन
-
बराह क्षेत्र विकास समितिका पूर्वअध्यक्ष घिमिरे जबरजस्ती करणी मुद्दामा दोषी ठहर
-
यस्तो छ ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’
-
सुदीपको न्यायको लागी पाकिस्तानी दूतावास अगाडी प्रदर्शन गरिँदै