शेख हसिनाले देश छाडेपछि के-के भयो ? तस्बिरहरू

ढाका । बंगलादेशमा शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि धेरै सहरमा ठुलो मात्रामा लुटपाट र आगजनीका घटना भएका छन् । ढाकामा जनताको भीड सडकमा उत्रिए र प्रधानमन्त्री निवास सहित धेरै भवनमा तोडफोड गरियो।
तस्बिरमा प्रधानमन्त्रीको कार्यालयबाट सामान बोकेर हिँडेको पनि देखिएको छ । जबकि प्रदर्शनकारीहरू निवासमा सोफामा बसेर सेल्फी खिचिरहेको देखियो।
यसबाहेक शेख हसिना सरकारकी गृहमन्त्रीको निवासमा पनि तोडफोड गरिएको थियो । बंगलादेशका सेना प्रमुखले जनतालाई शान्ति कायम राख्न अपिल गरेका छन् ।
उनले देशमा अन्तरिम सरकार बन्ने र त्यसका लागि सबै दलसँग वार्ता भइसकेको पनि बताए । बेलायत र युरोपेली संघले बंगलादेशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशमा लोकतन्त्र जोगाउन तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा गत जुलाई महिनादेखि देशका विद्यार्थीहरूले प्रदर्शन गरिरहेका थिए। यो आन्दोलन निकै आक्रामक र हिंसक भयो र जुलाई महिनामा मात्रै ३०० भन्दा बढी मानिस मारिए ।
गत महिना मात्रै शेख हसिनाले यस आन्दोलनलाई साम्य पार्न सेना तैनाथ गरे पनि त्यसले आन्दोलनमा खासै प्रभाव पारेन ।
बंगलादेशका विद्यार्थीले आइतबारदेखि सविनय अवज्ञा आन्दोलनको आह्वान गरेका थिए । यसमा सबै सरकारी कर नतिर्न सर्वसाधारणलाई अपिल गरिएको थियो ।
बंगलादेशमा आइतबार ठुलो मात्रामा हिंसा भड्किएको थियो र त्यसमा करिब ९० जनाको मृत्यु भएको थियो भने प्रहरीले सोमबार २० जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
शेख हसिनाका छोरा साजिब वाजिद रोयका अनुसार उनकी आमाले आइतबार नै आफ्नो पदबाट राजीनामा दिने मन बनाइसकेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
-
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
-
३२०० एनआरएनले एकता महाधिवेशनमा भाग लिने, काठमाडौँमा चहलपहल सुरु
-
‘कसैलाई पीडा नहोस् भनेर मेरी आमाले रोग लुकाएर पाल्नुभयो’
-
कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित, चरणबद्ध कार्यक्रमको घोषणा
-
सांसद राई पक्राउ गरेको बारे सभामुखलाई जानकारी