बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बंगलादेशमा शेख हसिनाले देश छोडेलगत्तै के के भयो ?

सोमबार, २१ साउन २०८१, २२ : ५५
सोमबार, २१ साउन २०८१

ढाका । हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छाडेकी छन् । प्रधानमन्त्री हसिना बंगलादेश छाडेर भारत पुगेकी छन् ।

प्रधानमन्त्री हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छन् । विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने बताइएको छ । 

हसिनाले देश छाडेलगत्तै प्रदर्शन थप हिंसात्मक भएको थियो । ठाउँ ठाउँमा निकै ठुला लुटपाट र आगजनीका घटना भएका छन् ।

232e1895-e8bb-4ea4-87cb-39a434a08613.jpg

ढाकामा हजारौंको जुलुस निस्किएको थियो । सो जुलुस प्रधानमन्त्री निवास पुगेर तोडफोडमा उत्रिएको थियो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री कार्यालयका सामान उठाएर लगेका दृष्यहरु सञ्चारमाध्यामहरुले प्रसारण गरेका छन् । प्रसारण भएका दृष्यहरुमा प्रदर्शनकारीहरु प्रधानमन्त्री निवासका सोफामा बसेर सेल्फी लिइरहेका देखिन्छन् । 

b24c1075-4926-4dfa-a427-f68434ccac40.jpg

प्रदर्शनकारीहरुले ढाका शहरमा रहेको शेख हसिनाका पिता अर्थात बंलादेशका संस्थापक मुजीबुर्हमानको शालिक ढाल्ने कोसिस समेत गरेका थिए । उनीहरुले हसिना र उनका गृहमन्त्रीको आवासमा समेत तोडफोड गरेका छन् । यहि बीचमा बंगलादेशका सेना प्रमुखले प्रदर्शनकारीहरुलाई शान्त रहन अपील गरेका छन् ।

6a19721a-2a02-4d3c-99b9-ce42ea47de23.jpg

उनले देशमा अन्तरिम सरकार बनाउने र सबै पक्षसँग वार्ता गर्ने समेत बताएका छन् । बंगलादेशको पछिल्लो परिस्थितिप्रति बेलायत र युरोपियन युनियनले चिन्ता जाहेर गर्दै लोकतन्त्र जोगाउन तत्काल कदम चाल्न आह्वान गरेका छन् । 

सरकारले ल्याएका आरक्षण कोटाविरुद्ध त्यहाँका विद्यार्थीहरुले जुलाईदेखि आन्दोलन थालेका थिए । सो आन्दोलनका क्रममा ३०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । सो आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री शेख हसिनाले सेना परिचालन गरेकी थिइन् । 

c3d07494-60ab-42bc-8364-079244f94a3e.jpg

आइतबारदेखि विद्यार्थीहरुले अवज्ञा आन्दोलनको आह्वान गरेका थिए । सो आह्वानमा सबै सरकारी कर नतिर्न सर्वसाधारणलाई अपील गरिएको थियो । सो आन्दोलनका क्रममा आइतबार ९०  जनाको मृत्यु भएको थियो भने सोमबार २० जनाको मृत्यु भएको छ ।

86128bc9-a410-4c30-8d2e-cff33b1ffe95.png

हिंसात्मक आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाले आइतबार नै राजीनामा दिने मनस्थिति बनाएकी थिइन् । उनका छोरा साजिब वाजिद रोयले बीबीसीसँगको कुराकानीका क्रममा सो कुराको पुष्टि गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप