सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, २१ साउन २०८१, २१ : ५१
सोमबार, २१ साउन २०८१

आज २०८१ साउन २१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा हिंसात्मक प्रदर्शनपछि राजीनामा दिएर देश छाडिन् शेख हसिनाले, सङ्क्रमणकालीन विधेयकमा भएको सहमतिबारे ओलीलाई ब्रिफिङ, जनताको अधिकार कटौती गर्न खोजिएको प्रचण्डको आरोप, गण्डकीमा मन्त्रालयको सङ्ख्या बढाउने सहमति, कांग्रेस सभापति देउवाले ३७ विभागका प्रमुख तोके, कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, कमलबहादुर शाहको नेतृत्वमा सुदूरपश्चिममा सरकार गठन, पति–पत्नी छाडेर ‘लिभ–इन’ सम्बन्ध बढाउनेबारे विवादमा हत्या लगायत छन् ।

१. हिंसात्मक प्रदर्शनपछि राजीनामा दिएर देश छाडिन् शेख हसिनाले
बंगलादेशमा हिंसात्मक प्रदर्शनपछि त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । आरक्षण व्यवस्थाको विरोधमा त्यहाँ युवा तथा विद्यार्थी लामो समयदेखि आन्दोलित थिए ।

२. सङ्क्रमणकालीन विधेयकमा भएको सहमतिबारे ओलीलाई ब्रिफिङ
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)बारे कार्यदलस्तरमा भएका सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् ।

३. जनताको अधिकार कटौती गर्न खोजिएको प्रचण्डको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत जनताको अधिकार कटौती गर्न खोजिएको आरोप लगाएका छन् । 

४. गण्डकीमा मन्त्रालयको सङ्ख्या बढाउने सहमति
गण्डकीमा मन्त्रालयको सङ्ख्या बढाउन सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ ।

५. कांग्रेस सभापति देउवाले ३७ विभागका प्रमुख तोके
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ विभाग प्रमुख मनोनीत गरेका छन् । सोमबार उनले विभाग प्रमुख तोकेका हुन् ।

६. कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । केन्द्रमा कांग्रेस र एमालेबिच भएको सहमति बमोजिम प्रदेशमा समीकरण फेरिएपछि उनले विश्वासको मत लिएका हुन् ।

७. कमलबहादुर शाहको नेतृत्वमा सुदूरपश्चिममा सरकार गठन
सुदूरपश्चिम प्रदेशमा सोमबार कमलबहादुर शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । मुख्यमन्त्री शाहले सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रीपरिषद गठन गरेका हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले समेत सोमबार नै शपथ लिएका छन् ।

८. ओलम्पिकमा ब्याडमिन्टनको प्रशिक्षक नलगेकोबारे सोधखोज गर्दै खेलकुदमन्त्री
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ओलम्पिकमा ब्याडमिन्टन प्रशिक्षक नलगेकोबारे आफूले सोधखोज गरिरहेको बताएका छन् । 

९. पति–पत्नी छाडेर ‘लिभ–इन’ सम्बन्ध बढाउनेबारे विवादमा हत्या
काठमाडौँको कालोपुलमा भएको हत्याको कारणबारे प्रहरीले अनुसन्धान निष्कर्ष निकालेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पति–पत्नी छाडेर ‘लिभ–इन’मा बस्दै आएका जोडीबिच सम्बन्धलाई अगाडि बढाउने विषयमा विवाद भएपछि हत्या भएको हो ।

यो पनि...

१०. किन सहरतिर छिर्न थाले बाघ ?
चितवनमा आइतबार बिहान एक जनालाई बाघले आक्रमण गर्यो । उक्त बाघ सहरी क्षेत्रमा पसेर मानिसमाथि आक्रमण गरेको थियो । विज्ञहरूले यसरी बाघ सहरी क्षेत्रमा प्रवेश गर्नुमा विभिन्न कारण औँल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप