ईपीएस भाषा परीक्षा : दोस्रो चरणको नतिजा सार्वजनिक
काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक गरेको हो ।
२०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन भएको परीक्षामा आठ हजार ९६५ जना पास भएका छन् । त्यसका लागि ६६ हजार ३२६ जनाले परीक्षा दिएका थिए । तीमध्ये १३.५ प्रतिशत मात्रै पास भएका हुन् ।
परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन भरेका थिए । पास भएकाहरुको सूची एचआरडी कोरियाले आज वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखालाई पठाएको हो ।
पास भएका परीक्षार्थीहरुको स्किल टेष्ट र कम्पेटेन्सी टेष्टबारे जानकारी पछि दिइने ईपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षामा पास भएकाहरुको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ ।
कोरियाले गत मंसिरमा १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको थियो । त्यसका लागि पहिलो एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । त्यसका सीपविल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरुले आवेदन दिन नपाएको भन्दै आन्दोलन गरेका थिए ।
त्यही बेला प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । अदालतले समेत इच्छुक सबैलाई आवेदन फाराम भर्ने व्यवस्था मिलाउन आदेश दिएको थियो ।
अदालतको आदेश र दुई जनाको मृत्युपछि सीपविल्डिङ क्षेत्रका लागि समेत आवेदन आह्वान गरेको थियो । त्यसपछि थपिएर आवेदन दिनेहरुको संख्या एक लाख ६३ हजार ६३५ पुगेको थियो । आवेदनको संख्या निकै बढी भएपछि एचआरडी कोरियाले तीन चरणमा परीक्षा सञ्चालन गर्दै आएको छ ।
यसअघि २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा सञ्चालन गरेको थियो । जसमा ४० हजार ५८० जनाले परीक्षा दिएका थिए । भने ६ हजार ३२१ जना मात्रै पास भएका थिए । अब २०८१ को कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म तेस्रो चरणको परीक्षा हुनेछ । जसमा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी