शेख हसिनाले देश छोडेपछि एमाले सचिव विष्टले भने– ‘सर्वशक्तिमान् जनतानै हुन् र अन्तिम शक्ति जनतामै निहित रहन्छ’
सोमबार, २१ साउन २०८१, १८ : २९
काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको बारेमा प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री हसिनाले देश छाडेपछि सचिव विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसबारेमा प्रतिक्रिया दिएका हुन् ।
उनले लेखेका छन्, ‘सर्वशक्तिमान् जनता नै हुन् र अन्तिम शक्ति जनता मै निहित रहन्छ ।’
सचिव विष्टले विगत १५ वर्षदेखि लगातार बंगलादेशको प्रधानमन्त्री रहेकी हसिनाले लोकतन्त्रका आधारभूत मूल्य मान्यता र जनआवाजलाई बेवास्ता गर्दै सत्तामा टिकिरहन अनेकन् प्रयत्न गरेको पनि बताए । उनले हसिना असफल भएपछि देश छोड्न बाध्य भएको बताए ।
देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छाडेकी हुन् ।
बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन