सिमलताल दुर्घटना अध्ययन कार्यदलले मंगलबार प्रतिवदेन बुझाउँदै
_4WYZwh81hq.jpg)
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले अध्ययन पुरा गरेको छ । कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन मंगलबार गृहमन्त्री रमेश लेखकलाई बुझाउँदै छ । मंगलबार प्रतिवेदन हस्तान्तरण गरिने कार्यदलका संयोजक सहसचिव छवि रिजालले बताए ।
असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशुलीमा खसेर बेपत्ता भएका थिए । दुवै बस र ४० जना यात्रुको अवस्था अझै अज्ञात छ । बसमा सवार २५ जनाको शव भेटिएको छ ।
गृह मन्त्रालयका सहसचिव रिजाल नेतृत्वको कार्यदलमा नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक भुपेन्द्र खत्री र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सहितका प्रतिनिधिहरु सदस्य छन् । कार्यदलले ‘प्राकृतिक प्रकोपको कारण दुर्घटना’ भएको निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ