ओलम्पिकमा ब्याडमिन्टनको प्रशिक्षक नलगेको विषयमा सोधखोज गर्दैछु : मन्त्री चौधरी
![ओलम्पिकमा ब्याडमिन्टनको प्रशिक्षक नलगेको विषयमा सोधखोज गर्दैछु : मन्त्री चौधरी](https://npcdn.ratopati.com/media/news/tejulal-chaudhary_2PcEINhfQN.jpg)
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ओलम्पिकजस्ता ठुला प्रतियोगितामा अनावश्यक ब्यक्ति पठाउने परम्परा गलत भएको बताएका छन् । उनले सोमबार काठमाडौँमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो परम्परालाई निरुत्साहित पार्न आफू सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता ब्यक्त गरे ।
‘म भर्खर मन्त्रीको जिम्मेवारी लिएर आएको थिएँ । पेरिस ओलम्पिक सँघामा आइसकेको थियो । पेरिस ओलम्पिकका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत धेरै ब्यक्तिको नाम आएको थियो । सबैलाई दैनिक भत्ता दिने प्रस्ताव पनि आएको थियो । तर, पहिलो चरणमा मैले सात खेलाडी र पाँच जना प्रशिक्षकको नाममात्र अनुमोदन गरेको थिएँ,’ उनले भने ।
उनले पछि आफूलाई पेरिस ओलम्पिकमा जाँदा सरकारलाई अनावश्यक ब्ययभार नपर्ने जवाफ आएको पनि बताए । ‘पछि मैले सरकारलाई अनावश्यक ब्ययभार नपर्ने जवाफ पाएँ । अधिकांश पदाधिकारी नेपाल ओलम्पिक कमिटीको कोटामा जाने भनेर भनियो । म नयाँ भएकाले पनि कुरा बुझ्न समय लाग्यो,’ खेलकुदमन्त्रीले भने ।
मैले समाचारमा पढेँ, एक लाखको हाराहारी जनसंख्या भएको देशले ओलम्पिकमा स्वर्ण पदक जित्यो रे ! हामीले भने किन जित्न नसक्ने ? यसको वातावरण बनाउने जिम्मा हामी सबैको होइन र ? अब नेपाली खेलकुद यसरी चल्दैन ।’
मन्त्री चौधरीले पेरिस ओलम्पिकमा नेपालले ६ वटा खेलमा भाग लिए पनि पाँचवटा खेलको मात्र प्रशिक्षक पठाएको विषयमा समेत आफूले प्रश्न उठाएको दाबी गरे । उनले ओलम्पिकमा ब्याडमिन्टनको प्रशिक्षक नलगेको विषयमा छानबिन अगाडि बढाएको पनि बताए । उनले आफू पनि ओलम्पिकमा सहभागी भएर चार दिनमै स्वदेश फर्किएको बताए ।
‘सञ्चारमाध्यममार्फत मैले ओलम्पिकमा नेपालले ठुलो खेल टोली पठाउन लागेको तर, ब्याडमिन्टनको प्रशिक्षकसमेत नरहेको जानकारी पाएँ । त्यसपछि यस विषयमा सम्बन्धित निकायमा प्रश्न गरेको थिएँ । उनीहरुले ढिलो भएकाले ब्याडमिन्टनको प्रशिक्षक लैजान नसकेको जानकारी दिए । ब्याडमिन्टनका प्रशिक्षकहरु पनि मसँग गुनासो गर्न आउनुभएको थियो । यो बिडम्बनापूर्ण अवस्था हो,’ उनले भने ।
नेपालले ब्याडमिन्टन प्रशिक्षक बिना नै ठुलो खेल टोली पेरिस ओलम्पिकमा पठाउन लागेको विषयमा रातोपाटीले समाचार प्रकाशित गरेको थियो । मन्त्री चौधरीले ओलम्पिकजस्ता ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा देशले सफलता हात पार्ने वातावरण बनाउनु आवश्यक रहेको धारणा पनि ब्यक्त गरे ।
‘मैले समाचारमा पढेँ, एक लाखको हाराहारी जनसँख्या भएको देशले ओलम्पिकमा स्वर्ण पदक जित्यो रे ! हामीले भने किन जित्न नसक्ने ? यसको वातावरण बनाउने जिम्मा हामी सबैको होइन र ? अब नेपाली खेलकुद यसरी चल्दैन,’ उनले भने ।
मन्त्री चौधरीले यसअघिका खेलकुदमन्त्रीले अगाडि बढाएको राम्रो कामलाई आफूले निरन्तरता दिने प्रतिबद्धता पनि ब्यक्त गरे । ‘अघिल्लो मन्त्रीले अगाडि बढाउनुभएको कामको विषयमा मैले सचिव ज्यूसँग छलफल गरिसकेको छु । उहाँले अगाडि बढाएको राम्रो कामले निरन्तरता पाउने छ,’ उनले भनेका छन् ।
उनले वर्तमान सरकार दुई वर्ष टिक्ने दाबी पनि गरे । ‘ढुक्क भए हुन्छ, यो सरकार दुई वर्षसम्मै टिक्छ । यो सरकार पनि समयअगावै ढल्यो भने जनताले हामीलाई विश्वास गर्न छाड्छन्,’ खेलकुदमन्त्री चौधरीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : श्रेष्ठ
-
बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडाबाट ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार
-
सांसद बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान