प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनर्स्थापनाकाे अविश्राम र अथक सङ्घर्षका कष्टकर क्षण व्यतीत गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र सङ्घर्षको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताएका छन् । प्रजातन्त्रका लागि सङ्घर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
“प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कन्जुस्याइँ हुने छैन भन्ने मैले विश्वास लिएको छु”, उनले भने ।
राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । “नेपालमा प्रजातन्त्र स्थापना र पुनर्स्थापनामा तपाईँहरूको संर्घष, त्याग र योगदान महत्त्वपूर्ण छ, अहिले तपाईँहरूलाई राज्यले जे जति गर्नुपर्ने थियो त्यो भइरहेको छैन भन्ने मैले महसुस गरेको छु”, उनले भने ।
शहीद र प्रजातन्त्र सेनानीहरूको त्याग, बलिदान र सङ्घर्षका कारण अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पाएको उनको भनाइ थियो । “राजनीतिक स्थायित्व, सुशासन र जनताको आकांक्षा पुरा हुन सके मात्र मुलुक विकासको बाटोमा अघि बढ्छ, हामीले अपनाएको शासन प्रणाली सुदृढ हुन्छ र लोकतान्त्रिक मूल्यमान्यता, आदर्श र निष्ठाका साथ हाम्रा अग्रजहरूले गरेको त्याग र सङ्घर्षले सार्थकता पाउनेछ”, राष्ट्रपति पौडेलले भने । यसमा सबै लोकतन्त्र प्रेमीहरू सधैँ सचेत र जागरूक रहनुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सैन्य कानून’ घोषणाको बदलामा दक्षिण कोरियाली राष्ट्रपतिलाई महाभियोगको डण्डा
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश