केयरगिभरका लागि तीन हजार ४६१ जनाको आवेदन सदर

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिएकाहरूमध्ये तीन हजार ४६१ जनाको आवेदन सदर भएको छ । केयरगिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये तीन हजार ४६१ जनाको मात्रै आवेदन सदर भएको हो । जसमा एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला रहेका छन् ।
आवेदन दिएकाहरूमध्ये ३२१ जनाको आवेदन रद्द गरिएको विभागले जनाएको छ । त्यस्तै २४२ जनाको आवेदन कागजात नपुगी फिर्ता पठाइएको छ ।
विभागले ती आवेदनहरू सदर गरेसँगै इजरायलको सरकारी निकाय पीबालाई नेमचेकका लागि पठाएको छ । पीबाले नेमचेकको नतिजा पठाउनेछ र उसले पठाएको नेमचेकमा पर्ने उम्मेदवारहरूलाई मात्रै इजरायल सरकारको लट्री प्रोग्राममा समावेश गराउने विभागले जनाएको छ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुई हजार सहायक कामदार (केयरगिभर) माग गरेको थियो । त्यसका लागि चार हजार २४ जनाले आवेदन दिएका थिए ।
जसमा एक हजार मुख्य उम्मेदवार तथा एक हजार वैकल्पिक उम्मेदवार हुनेछन् । त्यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदार लैजाने इजरायलको नीति छ ।
इजरायलमा कामदार पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिहरूले अनधिकृत रूपमा रकम असुल गर्ने गरेको जानकारी आएको भन्दै विभागले सचेत गराएको छ । त्यस्ता भ्रममा नपर्न र कसैले त्यसरी पैसा लिइरहेको सूचना पाएको खण्डमा विभागमा खबर गर्न समेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलङ्कीमा युवकलाई खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ
-
प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त
-
नाडा विभाजित हुँदा अटो शो संकटमा, अध्यक्षले समन्वय गर्न सक्लान् ?
-
लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सम्पन्न
-
लुम्बिनी प्रदेशमा पनि भव्य रूपमा मनायो होली (तस्बिरहरू)
-
काठमाडौँमा अवैध चामल प्याकिङ गर्ने तीन खाद्य कम्पनीमाथि कारबाही